महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

460
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडका ग्राहकहरूले विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट पाउने भएका छन्।

महालक्ष्मी विकास बैङ्क लिमिटेडले स्वास्थ्य, श्रृगार, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको जनाएको छ।

जनकपुरको नवजीवन हस्पिटलले महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई १५ देखि २० प्रतिशतसम्म छुट दिने सम्झौता गरेको छ। क्राउन कलेक्सन मकवानपुर हेटौडाले महालक्ष्मीका ग्राहकहरूलाई १० प्रतिशत छुट दिनेछ।

मनहरी हेयर एन्ड ब्युटी युनिसेक्स सैलुन र काठमाडौं कोटेश्वरको हुक हस्पिटालिटीले १०÷१० प्रतिशत छुट दिने सम्झौता भएको महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ।

यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
460
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.