नक्कली शरणार्थी : दुलालका वकिलको निवेदनले सुनुवाइ भएन

नक्कली शरणार्थी : दुलालका वकिलको निवेदनले सुनुवाइ भएन

काठमाडौं : केशव दुलालका कानुन व्यवसायीको निवेदनले नक्कली भुटानी शरणार्थी मुद्दाको बिहीबारका लागि तोकिएको पेशी स्थगित भएको छ।

दुलालका कानुन व्यवसायी राजन भट्टराईले दिएको निवेदन अनुसार सुनुवाइ नै स्थगित भएको हो। निवेदनमा भट्टराईले अशक्त बिरामी भएको उल्लेख गरेका उच्च अदालत पाटनले जनाएको छ।

न्यायाधीश दीपेन्द्र अधिकारी र सुभाष पौडेलको इजलासमा परेको भुटानी शरणार्थी मुद्दाको पेशी सुनुवाइ नभई निवेदनका आधारमा स्थगित भएको हो।

नक्कली भुटानी शरणार्थी मुद्दालाई `लगाउ´ मा राखेर सँगसँगै हेर्नु पर्ने भएकोले प्रतिवादी मध्येका कुनै एक जनाको निवेदनमा सुनुवाइ स्थगित भएको प्रवक्ता प्रेम खड्काले जानकारी दिए। `निवेदनमा गरिएको माग इजलासलाई आवश्यक लागेर स्थगित भएको हो,´खड्काले पहिचानसँग भने,`नक्कली भुटानी शरणार्थी मुद्दा लगाउमा रहेकाले सँगसँगै हेर्नु पर्ने हुन्छ।´

कुनै भवितव्य परेमा प्रतिवादीका कानुन व्यवसायीले निवेदन दिएमा मुद्दाको पेशी सर्ने परम्परा रहेको उच्च अदालत पाटनले जनाएको छ। नक्कली भुटानी शरणार्थी मुद्दाको पेशी अब अर्को बिहीबारका लागि तोकिनेछ।

नक्कली शरणार्थी : बिहीबार सबै आरोपीको एकमुष्ट सुनुवाइ

‘ठगी, लिखत किर्ते, राज्यविरुद्धको र सङ्गठित अपराध’ अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल, काँग्रेस नेता आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राईले थुना बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने जिकिर गर्दै उच्चमा निवेदन दिएका छन्।

निवेदन दिएका मध्ये केशव प्रसाद दुलालका कानुन व्यवसायी भट्टराईले ‘बिरामी परी अशक्त भएकाले’ पेशी स्थगित गर्न निवेदन दिएका हुन।

नक्कली भुटानी शरणार्थी मुद्दामा दुलाल सहित सागर राई, सन्दीप रायमाझी, सानु भण्डारी, सन्देश शर्मा, नरेन्द्र केसी, रामशरण केसी, गोविन्द चौधरी, शमशेर मियाँ, हरिभक्त महर्जन, लक्ष्मी महर्जन र टङ्क कुमार गुरुङको पुनरावेदन निवेदन बिहीबार (आज) का लागि पेशीमा चढेको थियो।

नक्कली भुटानी शरणार्थी मुद्दामा आशिष बुढाथोकीको पूरक अभियोगसहित २० वटा निवेदन परेका छन्। अदालतले २० वटै निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने यसअघि आदेश दिएको थियो।

नक्कली शरणार्थी : सबैको पुनरावेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.