महालक्ष्मी विकास बैङ्कद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैङ्कद्वारा छात्रवृत्ति वितरण

357
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्कले श्री नन्दी माध्यमिक विद्यालय नक्साल, काठमाडौँमा कक्षा नौ मा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैङ्कले मण्डललाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ।

विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैङ्कको एक महत्त्वपूर्ण संस्था मनकामना विकास बैङ्कका संस्थापक अध्यक्ष स्व.लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति बैङ्कको दरबारमार्ग शाखाका प्रबन्धक मनिल रन्न शाहीले विद्यालयका प्रधानाध्यापक गीता काफ्लेलाई हस्तान्तरण गरे।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैङ्कले जनाएको छ।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैङ्कले जनाएको छ।

विगत देखिनै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको बैङ्कले आमग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार शेयर गर्नुहोस्
357
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.