निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय वाणिज्य बैङ्कको चाड पर्व विशेष योजना

राष्ट्रिय वाणिज्य बैङ्कको चाड पर्व विशेष योजना

323
SHARES

काठमाडौं : राष्ट्रिय वाणिज्य बैङ्कले चाड पर्व विशेष योजना ल्याएको छ। भदौ २६ गते मङ्गलवारदेखि लागु हुने गरी बैङ्कले ‘यो वर्षको फेस्टिभ जोन, आर.बि.बि.को ई.भि. लोन’ भन्ने नाराका साथ विशेष योजना ल्याएको जनाएको छ।

नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले देशमा पेट्रोलियम पदार्थ आयातमा अत्यधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सो को खपत घटाउन विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ।

राष्ट्रिय वाणिज्य बैङ्क पनि सरकारी स्वामित्वको बैङ्क भएकाले सरकारको नीति तथा लक्ष्य प्राप्तिका लागि पहल गर्नु बैङ्कको नैतिक दायित्व भएको बैङ्कले उल्लेख गरेको छ। जसलाई पुरा गर्ने उद्देश्य अनुरूप नजिकिँदै गएको नेपालीहरूको राष्ट्रिय पर्वहरूको अवसर पारी भदौ २६ गतेदेखि लागु हुने गरी ‘आर.बि.बि. ई.भि. लोन फेस्टिभ अफर’ भन्ने चाड पर्व योजना ल्याएको बैङ्कले जनाएको छ।

बैङ्कले यो योजनामा सबैभन्दा कम ब्याज दर ९.९५ प्रतिशत रहेको उल्लेख गरेको छ। प्रशोधन शुल्क ०.२५ प्रतिशत, अग्रिम भुक्तानी लागत मूल्यको २० प्रतिशत, अधिकतम कर्जा सीमा १ करोड रुपैयाँसम्म रहेको बैङ्कले जनाएको छ।

बैङ्कका अनुसार यो योजना सीमित अवधिको लागि मात्र लागु रहने छ। बैङ्कले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिई सक्नु पर्ने विशेष सर्त राखेको छ।

समाचार शेयर गर्नुहोस्
323
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.