फोटोग्राफर सङ्घको १७ सदस्यीय नयाँ कार्यसमिति चयन

फोटोग्राफर सङ्घको १७ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौँ : काठमाडौँ फोटोग्राफर सङ्घको १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। सङ्घको १५ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट हरि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

सङ्घको उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पण्डित, सहसचिवमा रण बहादुर श्रेष्ठ र कोषाध्यक्षमा सुशील ज्ञवाली चयन भएका छन्।

सदस्यहरूमा हरि ज्ञवाली, किशोर रिजाल, कालिका प्रसाद रिमाल, अविन माझी, चन्द्रलाल राई, मनिष तामाङ, राजकुमार बजगाईँ, माधव प्रसाद तिमल्सिना, कृष्ण पराजुली, वसन्त जोशी, भक्तराज श्रेष्ठ, मिलन तमाखु चयन भएका छन्।
अध्यक्षमा निर्वाचित घिमिरेले आगामी दिनमा पनि विगत झैँ सङ्घमार्फत फोटोग्राफरहरूको हकहितमा काम गर्ने र सो गतिलाई बढाउँदै लाने प्रतिबद्धता जनाए।

फोटोग्राफरहरूको हक, हित र व्यवस्थित बनाउनका लागि २०६५ सालमा सङ्घको स्थापना भएको हो। काठमाडौँ उपत्यकाका स्टुडियो फोटोग्राफरहरू सङ्घमा आबद्ध छन्। सङ्घले फोटोग्राफरहरूलाई आपत् विपत् परेका बेलामा सहयोग गर्दै आएको जनाएको छ।

सङ्घले काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाहरूमा फोटोग्राफी सम्बन्धी तालिमहरू दिनुको साथै आफ्ना सदस्यहरूलाई आत्म निर्भर बनाउन लागि परिरहेको बताएको छ।

संस्थामा करिब ८०० जना फोटोग्राफरहरू आबद्ध रहेको कुरा निवर्तमान अध्यक्ष डिगम्वर राजवंशीले बताए। संस्थाले छोटो समयमा पनि फोटोग्राफरहरूको हितमा उल्लेख्य काम गरेको कुरा संस्थापक अध्यक्ष ओम बहादुर पाण्डे ले बताए। संस्थाले काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लामा फोटोग्राफी व्यवसाय गरेर बसेका फोटोग्राफरहरूलाई समेटेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.