निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कुरिलोको स्वादमा सोल्टी चाउचाउ

कुरिलोको स्वादमा सोल्टी चाउचाउ

522
SHARES

काठमाडौं : कुरिलोको स्वादमा सोल्टी चाउचाउ बजारमा आएको छ। व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत रहेको सिजी फुड्स नेपालले आफ्ना उत्पादनहरूको विस्तारलाई निरन्तरता दिँदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको हो।

कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरूको पहिलो रोजाइ बन्ने विश्वास लिएको कम्पनीले जनाएको छ।

बहु उपयोगी र स्वस्थका हिसाबले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरू चाउचाउ भन्दा पृथक् रहेको कम्पनीले जनाएको छ।

कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्दछ। साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो।

आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्ट नूडल्सको उपभोक्ता मूल्य रु.२५ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य रु. २० रहेको कम्पनीले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्
522
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.