महालक्ष्मी बैङ्कका ग्राहकलाई विभिन्न सेवामा छुट सुविधा

महालक्ष्मी बैङ्कका ग्राहकलाई विभिन्न सेवामा छुट सुविधा

360
SHARES

काठमाडौँ : महालक्ष्मी विकास बैङ्क लिमिटेडले स्वास्थ्य र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको जनाएको छ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। सूर्य जनसेवा हेल्थ केयरले प्रदान गर्ने सेवामा ७ देखि २० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध हुने बैङ्कले जनाएको छ।

‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी बैङ्कका ग्राहकहरूले सुर्यपुरा पोलिक्लिनिकबाट ओपिडी सेवामा सत प्रतिशत र अन्य सेवामा ५ देखि १० प्रतिशत छुट पाउनेछन्।


कर्नर प्वाइन्ट रेस्टुरेन्ट एन्ड बार, इ रिभोभलिङ इन्डियन कुइनसिन रेस्टुरेन्ट र गङ्गा जमुना युनिसेक्स सैलुनबाट १०/१० प्रतिशत छुट सुविधा पाउने महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
360
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.