एनआरएनए अध्यक्षबाट ब्याक भइन रबिना

एनआरएनए अध्यक्षबाट ब्याक भइन रबिना

385
SHARES

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ एनआरएनएको नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुँदै छ। अध्यक्ष सहित ७४ पदका लागि ५ सय जनाभन्दा बढी चुनावी मैदानमा उत्रिएका छन्।

आफ्नो पक्षमा मत तान्न सामदाम दण्ड भेदको नीति उम्मेदवारहरूले अपनाएका छन्। उनीहरूले मतदाता लोभ्याउने बाचा तथा एजेन्डाहरू ल्याएका छन्।

केही मतदाताहरू नयाँ नेतृत्व चुन्न काठमाडौँमै आएका छन्। मतदाताहरूले काठमाडौँका होटेल तथा रेष्टुरेन्टहरुमा डेरा जमाएका छन्।

नेपाल आउन नसकेका मतदाताहरूले भने जुनसुकै स्थानबाट नयाँ पदाधिकारी चयनका लागि अनलाइन प्रणालीबाट मतदान गर्न सक्नेछन्।

अध्यक्षका लागि वर्तमान अध्यक्ष बद्री केसी, उपाध्यक्षद्वय राजेन्द्र कुमार आरके शर्मा र महेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।

मतदानको अघिल्लो दिन अध्यक्षमा उम्मेदवारी दिएकी रबिना थापा पछि हटेकी छन्। उनले प्रेस विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएकी छन्।

अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको थापाले जानकारी दिइन। अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उहाँको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीहरूलाई मतदान गरी विजयी बनाउनु हुन पनि थापाले आग्रह गरेकी छन्।

श्रेष्ठले आफू निर्वाचित भएको तीन महिना भित्र सङ्घलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सार्नु भएकोले त्यसलाई स्वागत समर्थन गर्ने थापाले उल्लेख गरेकी छन्।

अन्तर्राष्ट्रिय स्तरमा ग्लोबल फन्ड निर्माण गर्ने, गैर आवासीय नेपाली सम्बन्धी मन्त्रालय स्थापनाका लागि पहल गर्ने, सातै प्रदेशमा स्मार्ट शौचालय निर्माण गर्ने, वंशजको नेपाली नागरिकता निरन्तरताका लागि उच्च राजनीतिक स्तरमा पहल गर्ने लगायत शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने एजेन्डाहरूलाई श्रेष्ठले आगामी कार्यकालमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थापाले निकालेको विज्ञप्तिमा लेखिएको छ।

थापाले निकालेको प्रेस विज्ञप्ति

समाचार शेयर गर्नुहोस्
385
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.