क्वीर इकोलोजी (विचित्रताको सिद्धान्त) ले प्रकृतिसँग हाम्रो सम्बन्धलाई विस्तार गर्दछ। यसको उद्देश्य बाइनरिजलाई तोड्नु र मान्छेले बाहिरी वातावरणसँग अन्तकृया गर्ने तरिकामा परिवर्तन ल्याउनु हो।
क्वीर इकोलोजी एक वैज्ञानिक सिद्धान्त हो। यसको उद्देश्य क्वीर सिद्धान्त र इकोलोजीलाई एकसाथ बाइनरी, कठोर र हेटेरोनोर्मेटिभ आदर्श एवं मूल्यमान्यताबाट प्रकृतिलाई बुझ्दै तरलतातर्फ लैजानु हो।
यी अन्तर्विच्छेदक र अन्तरविषय प्रथाहरूले अनिवार्य हेटेरोनोर्मेटिभलाई तोड्दछन्। किनभने यो प्रकृति र शिक्षाका सन्दर्भमा हाम्रो धारणामा प्रकट हुन्छ र यसक्रममा सांस्कृतिक सूक्ष्मताहरू देखा पर्दछन्।
जीव विज्ञानमा अनुमानित विपरितलिंगी (हेटेरोसेक्सुआलिटी) र यसप्रकार समलिङ्गी पहिचानको उत्पीडन, शताब्दीयौंदेखि वैज्ञानिक अध्ययनहरूको आधार रेखाको रूपमा रहिआएको छ।
समाजको अन्तर्निहित पूर्वाग्रहलाई प्रतिबिम्बित गर्नका लागि प्रकृतिको अन्तर्निहित विचित्रतालाई लामो समयदेखि बेवास्ता, दमन र अस्वीकार गर्दै आइएको छ। यद्यपि, प्रकृतिमा जीवजन्तु र वनस्पतिहरूको ठुलो शृङ्खलाबिच लैङ्गिक र लिङ्ग बाइनरी परिवर्तनशील छन्।
प्रकृतिको सरलीकरणले द्वन्द्व उत्पन्न गराएको छ जसले हाम्रो वर्तमान सामाजिक मूल्य मान्यता र विश्व दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। हामी विपरितलैंगिकतालाई ‘प्राकृतिक’ र यसबाट विचलन (जस्तै समलैंगिकता) लाई ‘अप्राकृतिक’ भनी हेर्छौ। तर क्वीर नेचरको बारेमा केही पनि अप्राकृतिक छैन।
प्रकृतिलाई हामी जति श्रेय दिन्छौँ नि त्यो भन्दा कयौँ अधिक जटिल छ। क्वीर इकोलोजीको उद्देश्य भनेकै यी मुद्दाहरूमा प्रकाश पार्नु हो जसले संरक्षण प्रथाहरूलाई अझ राम्रोसँग बुझ्न र जानकारी दिन वैज्ञानिकहरूलाई मद्दत गर्नुका साथै जलवायु आन्दोलनलाई सहीरुपमा प्राकृतिक संसारमा प्रतिबिम्बित गर्न मद्दत गर्न सक्छ।
सन् १९९४ मा पर्यावरण अध्ययनका प्रोफेसर केट स्यान्डिल्यान्ड्सद्धारा पहिलो पटक पेस गरिएको क्वीर इकोलोजी (पारिस्थितिकी) ले ‘क्वीरिङ्ग’ भन्ने अभ्यासको प्रयोग गर्छ जसको अर्थ आंशिक रूपमा केही फरक वा अनौठो बनाउनु, जङ्गली वा प्राकृतिक जस्ता अवधारणामा अन्तर्निहित धारणाहरूमाथि प्रश्न उठाउनु हो।
क्वीर इकोलोजीस्टहरु यस्तो संसारतिर लाग्ने प्रयास गर्दछन् जहाँ मान्छे र गैर मान्छेहरू कम विभाजित रहुन् र पहिलेभन्दा धेरै उल्झिएका र एकर्कामा निर्भर रहेका हुन्।
क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा पर्यावरण मानविकीका प्रोफेसर (प्राध्यापक) निकोल सेमोर भन्छन्–‘लिङ्ग र कामुकताको बारेमा सोच्ने तरिकाले हामी पर्यावरणको बारेमा कसरी बुझ्दछौँ भनेर स्पष्ट पार्दछ। हामीले विगतमा लिङ्ग र कामुकताको बारेमा धेरै स्वतन्त्र तरिकाले सोचेनौँ जसले मान्छे या गैर मान्छेका लागि राम्रो गरेन।’
प्राकृतिक संसार यसै पनि बाइनरीजमा राम्रोसँग फिट हुँदैन। लैङ्गिक झुकाव भएका क्लाउनफिशदेखि अलैङ्गिक सर्पसम्म विचित्र जनावरहरूको असङ्ख्य उदाहरण छन्। लेखक एलेक्स जोनसनले ओरियनको लागि एउटा निबन्धमा भनेका छन्,‘गैर–मानवहरूमा विचित्र व्यवहारको अवलोकन गर्नु नजिकको प्राइमेट हाउसको यात्रा या सडक बिरालाहरूको सावधानीपूर्वक अवलोकन जत्तिकै सजिलो छ।’
जोनसन र अन्य लेखकहरूका अनुसार यी प्राणीहरूको अस्तित्वले पश्चिमी वैज्ञानिक र पर्यावरणबिदहरुलाई विपरितलैंगिकता अस्तित्वको मात्र ‘प्राकृतिक’ शैलीभन्दा टाढा छ भनेर सिकाउँछ। सेमोर भन्छन्–‘विविध पशु कामुकताको परिणाम एलजीबीटीक्यूआईए मानिसहरूका लागि धेरै मान्य हुनसक्छ। र त्यस्ता खोजहरूले विविधताको लागि पृथ्वीको अथाह क्षमतालाई देखाउँछ अनि प्रकृतिको पूर्ण बुझाई प्रदान गर्दछ।’
पछिल्ला दशकहरूमा परम्परागत पर्यावरण आन्दोलन (मुभमेन्ट) ले संरक्षण कार्यलाई मार्गदर्शन गर्न निश्चित, बाइनरी श्रेणीहरू–जस्तै जङ्गली विरुद्ध घरेलु र मानव विरुद्ध प्रकृति परनिर्भरताको लागि आलोचनाको सामना गर्नुपरेको छ।
मान्छेले बाहिरको वातावरणसँग कसरी अन्तरक्रिया या सम्पर्क गर्छन् भनी अध्ययन गर्नेहरू यस मानसिकताले सहज रूपमा वर्गीकृत नगरिएका कुनै पनि प्राणी, मानव या अमानवीय प्राणीहरूको हेरचाह गर्नबाट रोक्ने बताउँछन्। जसमा सहरी क्षेत्रमा बसोबास गर्ने बन्यजन्तुहरु, बाहिरका मान्छेहरूसँग पनि घनिष्ठ सम्बन्ध राख्ने आदिवासी समुदायहरू र ती मानिसहरू पर्दछन् जो न त पुरुष न महिला भनेर चिनिन्छन्।
सबै प्राणीहरूको राम्रो हेरचाह गर्न, पर्यावरण आन्दोलनमा संलग्न भएका मानिसहरूले प्राकृतिक संसारको बारेमा भिन्न तरिकाले सोच्नुपर्ने हुनसक्छ या तिनीहरूले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने हुन्छ।
लिङ्ग बाइनरी जलवायुको प्रभाव पनि हो। उदाहरणका लागि, पश्चिमी समाजले जुन तरिकाले ‘पुरुषत्व’ को विचार निर्माण गर्यो, त्यसको जीवाश्म इन्धनको खपतसँग नजिकको सम्बन्ध छ। ‘अमेरिकी चालकहरूको ठुला सवारी साधनप्रतिको लगाव पुरुषत्वको अभिव्यक्तिको प्रमाण हो जुन ग्रहकै लागि पनि खतरा हो’ सेमोरले भने–‘यदि पुरुषका अपेक्षाहरू शक्ति र प्रकृतिको प्रभुत्वसँग कम बाँधिएको हुन्थ्यो भने, सायद मानिसहरू जीवाश्म इन्धनको प्रयोगतर्फ बढ्दैन थिए। त्यसैले आफ्नो लैङ्गिक पहिचानलाई बढवा दिनुहोस्।’
‘क्वीरिङ्ग’ प्रकृतिसँग सम्बन्ध भएका पर्यावरणीय प्रभाव कम हुनसक्ने विभिन्न रूपहरूको खोजी गर्नु पनि हुनसक्छ।
विचित्रता अनगिन्ती जनावर र वनस्पतिका प्रजातिहरूमा पाइन्छ। उदाहरणका लागी पुरुष पेङ्गुइनबिच समलिङ्गी र समलैंगिक सम्बन्ध पाइन्छ। यद्यपि समलैङ्गीकता, विशेषतः अनगिन्ती जनावरका प्रजातिहरूमा अध्ययन गरिएको छ। हामी अझै पनि प्राकृतिक रूपमा विचित्रता स्वीकार गर्न चाहँदैनौँ।
यौन र रोमाञ्चक सम्बन्धहरूको मुख्य कारणको रूपमा प्रजननको आदिम विचारले हाम्रो उद्देश्य, प्रकृतिको वैज्ञानिक बुझाइलाई सङ्कुचित गर्दछ, साथै पश्चिमी सामाजिक मूल्यमान्यतामा समलैंगिक विरोधी वक्तव्यवाजीहरुलाई पनि बढवा दिइन्छ।
जीवविज्ञानलाई स्थिरको सट्टा तरल पदार्थको रूपमा हेर्दा, प्रकृतिबारे हाम्रो बुझाइलाई पुनः परीक्षण गर्न सक्छौँ जसले हाम्रो सामाजिक विश्वास प्रणालीलाई सङ्केत गर्दछ। यसलाई सांस्कृतिक बुमेराङ भनिन्छ। हामी हाम्रो अन्तर्निहित पूर्वाग्रहको आधारमा प्रकृतिको व्याख्या गर्छौँ र प्रकृतिको हाम्रो पक्षपाती बुझाइलाई हामीसँग भएका सामाजिक पूर्वाग्रहहरूको रक्षा गर्न र न्याय गर्न प्रयोग गर्छौँ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.