सम्पदा पद यात्रा : अरूको ठाउँमा जाने, आफ्नो ठाउँमा बोलाउने

सम्पदा पद यात्रा : अरूको ठाउँमा जाने, आफ्नो ठाउँमा बोलाउने

काठमाडौं : सम्पदा पद यात्रा सम्पन्न भएको छ। कीर्तिपुर गाइड एसोसिएसन आयोजक रहेको सम्पदा पदयात्रामा ५५ जना सहभागी भए।

पदयात्रा नगरकोट, नाला, धुलिखेल, नमोबुद्ध, पनौती आएर सकिएको एसोसिएसनका अध्यक्ष जगतनारायण महर्जनले जानकारी दिए।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पद यात्रा गरिएको अध्यक्ष महर्जनले बताए। ‘आफ्नो ठाउँमा बोलाउने र अरूको ठाउँमा पनि जाने गरेका छौं,’उनले भने,‘पर्यटन विकासमा टेवा पुर्‍याउने काममा लागेका छौँ।’

स्थानीय पर्यटक पथप्रदर्शकहरूले नगरकोटबाट हिमालको दृश्यावलोकन गरे भने नाला महादेवको मन्दिर दर्शन गरेर स्थानीय स्वादमा भोजन गरे।

स्थानीय संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन एसोसिएसनले हरेक वर्ष हाइकिङ गर्दै आएको कीर्तिपुर नगर वडा नं २ का पूर्वअध्यक्ष रमेशमान महर्जनले बताए।

विशेषतः काठमाडौँ उपत्यकाका पर्यटकीय स्थानहरूमध्ये कीर्तिपुरको विशिष्ट पहिचान रहेको छ।

डाँडामा रहेको हुँदा साँझको समयमा कीर्तिपुरबाट उपत्यका कै मनमोहक दृश्य देखिने हुँदा सन्ध्याकालीन पर्यटनको ठुलो सम्भावना रहेको हाइकिङमा सहभागीहरूले बताए।

कीर्तिपुर गाइड एसोसिएसनबाट पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्य पनि सहभागी भएका छन्।

कीर्तिपुरमै रहेको समर्पण सभ्य समाज नेपालबाट सचिव हनि महर्जन र नमस्तिका श्रेष्ठ हाइकिङमा सहभागी भए।

ट्रेकिङ गरिसकेका सकेका हनिले आफूलाई हाइकिङ मन पर्ने बताए। विभिन्न देशमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई उनले एक पटक कीर्तिपुर घुम्न आउन अनुरोध गरे।

ऐतिहासिक महत्त्व बोकेको कीर्तिपुर आन्तरिक तथा बाह्य पर्यटकका लागि घुम्नै पर्ने ठाउँ रहेको उनले बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय कीर्तिपुर आउँदा समर्पण सभ्य समाज नेपालमा सम्पर्क गर्न पनि उनले आग्रह गरे।

कीर्तिपुर नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अनुज प्रधानले सभ्यता पद यात्राले पर्यटन प्रवर्द्धनमा विकास पुर्‍याउने विश्वास व्यक्त गरे।

कीर्तिपुरको पर्यटन सूचना केन्द्रका संस्थापक सदस्य समेत रहेका हनिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका पर्यटक पुग्दा पथप्रदर्शक गराइरहेको बताए।

ल्याकु दरबारका सञ्चालक बेनगोपाल महर्जनले देश विदेशमा पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारको काम गर्दै आएको बताए।

कीर्तिपुरमा १९ वर्ष देखि टोल मिलेर खोलेको नेवा लहना आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउने अभियानमा रहेको उनले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.