निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल वायुसेवा निगमले पायो उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान

नेपाल वायुसेवा निगमले पायो उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान

403
SHARES

काठमाडौं : नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानबाट सम्मानित गरिएको छ।

भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समय देखि टुरिजम ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्दे आएको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने एयरलाइन्सहरूमध्ये सन् २०२३ को लागि नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनौट गरेको हो।

१६ नोभेम्बर, २०२३ मा दिल्लीमा आयोजित कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो। यस सम्बन्धमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्मान प्राप्त हुँदा खुसी लागेको र अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको बताए।

निगमले हाल अन्तर्राष्ट्रिय तर्फ चार वटा जहाजबाट दिल्ली, मुम्बई, वैंलोर, दुबई, दोहा, दमाम, बैंकक, हङ्गकङ्ग, मलेसिया, जापान लगायत दश गन्तव्यमा उडान भरिरहेको जनाएको छ।

निगमका अनुसार आन्तरिक तर्फ दुई वटा ट्वीनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थामखर्क, खानिडांडा, रुकुम, नेपालगन्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा, दाङ, रेसुङ्गा लगायत पन्ध्र गन्तव्यमा उडान भरिरहेको छ।

दसैँ तिहारजस्ता चाडबाडमा यात्रुको चाप र आवश्यकतालाई हेरी निगमले एउटा जहाज नेपालगन्जमा राखी त्यहाँबाट रुकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भएको र यसको बुद्धिमा लगातार प्रयास भइरहेकाले अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त भएको निगमका प्रवक्ता पौडेलले बताए।

समाचार शेयर गर्नुहोस्
403
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.