निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महालक्ष्मी विकास बैङ्कले महालक्ष्मी स्वस्तिक बगैँचा मर्मत गर्ने

महालक्ष्मी विकास बैङ्कले महालक्ष्मी स्वस्तिक बगैँचा मर्मत गर्ने

426
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मी स्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत कार्यको लागि महालक्ष्मी स्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूति प्राप्त गर्न मद्दत पुर्‍याउने उद्देश्यले बगैँचा मर्मत गर्न सम्झौता गरेको बैङ्कले जनाएको छ।

बैङ्कले २०७७ सालमा बगैँचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको जनाएको छ।

‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैङ्कले इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहजता पुर्‍याउने हेतुले क्युआर कोडको समेत व्यवस्था गरेको जनाएको छ।

महालक्ष्मी स्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैङ्कको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले समझदारी पत्रको आदान प्रदान गरेका छन्।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैङ्कले जनाएको छ।

विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रही आएको बैङ्कले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार शेयर गर्नुहोस्
426
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.