निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अदालतको फैसला नमान्ने रोमानियाका प्रधानमन्त्रीको अड्डी

अदालतको फैसला नमान्ने रोमानियाका प्रधानमन्त्रीको अड्डी

651
SHARES

रोयटर्स : रोमानियाले अदालतको निर्णय अनुसार समलिङ्गी जोडीको थप अधिकारलाई समर्थन गर्न नसक्ने बताएको छ।

मानव अधिकारको प्रभावकारी कार्यान्वयनका लागि युरोपेली अदालत (ईसीएचआर) को फैसला अनुसार समलिङ्गी जोडीको अधिकारलाई समर्थन गर्न रोमानियाली समाज तयार नरहेको वामपन्थी प्रधानमन्त्री मार्सेल सिओलाकुले बताए।

गत मे महिनामा ईसीएचआरले रोमानियाको शासन व्यवस्था समलिङ्गी जोडीको सम्बन्धलाई अस्वीकार गरी उनीहरूको अधिकार लागू गर्ने कार्यमा विफल रहेको ठहर गर्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटिक्यूप्लस) को सुरक्षा बढाउनका लागी नीति निर्माणकर्ताहरूका नाममा बाध्यकारी फैसला सुनाएको थियो।

एक रेडियो कार्यक्रममा रोमानियाले अदालतको यो फैसला कार्यान्वयन गर्छ? भनी सोधिएको प्रश्नमा सिओलाकुले भने,‘रोमानिया समाज अदालतको निर्णय लागू गर्न हाल तयार छैन र यो मेरो पनि प्राथमिकतामा परेको छैन। त्यसैले रोमानिया यसको लागि तयार छ भन्ने मलाई लाग्दैन।’

‘एक प्रधानमन्त्रीको दृष्टिकोणबाट भन्दैछु की, म खाली दिमाग (दिमाग नभएको) भएको व्यक्ति होइन। एक पुरुषसँग साथी सम्बन्ध कसैले राख्छ भने त्यसमा कुनै समस्या छैन’ उनले थपे।

रोमानियामा सन् २०२४ मा स्थानीय, युरोपेली, आम र राष्ट्रपतिको निर्वाचन हुंदैछ। सिओलाकुले भने,‘ईसीएचआरको निर्णय लागू गर्ने कार्यमा रोमानिया असक्षम भएको यो पहिलो वा अन्तिम पटक हुनेछैन।’

युरोपेली सङ्घका अन्य देशहरूको तुलनामा सामाजिक रूढिवादी समाज रहेको रोमानियाले सन् २००१ मा समलैङ्गिकतालाई अपराधमुक्त गरेको थियो। तर अहिले पनि समलिङ्गी विवाह र उनीहरूलाई अन्य नागरिक सरहको सहभागितामा प्रतिबन्ध कायमै छ।

समलिङ्गी जोडीलाई समान सहभागितासहित सिभिल युनियन परिवर्तनका लागि सन् २०१६ र २०१९ को बीचमा दर्ता भएका प्रस्तावित तीन विधेयकले अझैसम्म संसदीय अनुमोदन प्राप्त गर्न सकेको छैन। यस्तै प्रकृतिका अन्य चार वटा कानुनी मस्यौदा खारेज भइसकेका रोयटर्सले उल्लेख गरेको छ।

रोमानियाको संविधानमा परिवर्तन गरी समलिङ्गी विवाहको अधिकार सुरक्षित गर्नका लागि सन् २०१८ मा भएको जनमत सङ्ग्रहले यो समुदायको पक्षमा पर्याप्त मत बटुल्न सकेन।

सन् २०२१ म एलजिबिटि अधिकार समूह एसीसीईपीटीले गरेको सर्वेक्षणमा ७१ प्रतिशत रोमानीयाली नागरिकले समलिङ्गी जोडीको विवाहले कानुनी मान्यता पाउँदैमा उनीहरूको जीवनमा कुनै प्रभाव नपर्ने बताएका थिए भने ४३ प्रतिशत मानिस मात्र समलिङ्गी विवाहको पक्षमा देखिएका थिए।

समाचार शेयर गर्नुहोस्
651
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.