भुटानी शरणार्थी : टेकनाथको संलग्नता देखिएन, कौशिलालाई १५ लाख धरौटी जुटाउने चिन्ता (पूर्णपाठ)

भुटानी शरणार्थी : टेकनाथको संलग्नता देखिएन, कौशिलालाई १५ लाख धरौटी जुटाउने चिन्ता (पूर्णपाठ)

402
SHARES

काठमाडौं : उच्च अदालत पाटनले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश उच्च अदालतले बेरितको भन्दै शुक्रवार बदर गरेर धरौटीमा छाड्न आदेश दिएको हो।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्न रचिएको प्रकरणको ठगीमा रिजालको प्रत्यक्ष संलग्नता नदेखिएको उच्च अदालत पाटनले ठहर गरेको छ।

उनको उमेर ७६ वर्ष पुगेको ज्येष्ठ नागरिक भएको, मानसिक स्वास्थ्यमा पनि समस्या देखिएको र रकम ठगीमा पनि प्रत्यक्ष संलग्नता नदेखिएकाले रिजाललाई धरौटीमा छाड्न आदेश दिएको उच्च अदालतले जनाएको छ।

उच्च अदालतको आदेश सुनेसँगै टेकनाथकी धर्मपत्नी कौशिला रिजालले १५ लाख रुपैयाँ जुटाउन मुस्किल परेको सुनाइन। ‘१५ लाख रुपैयाँ धरौटी मागेको रैछ,’कौशिलाले पहिचानसँग भनिन्,‘कहाँबाट जुटाउनु? कसले देला? कसले पो सहयोग गरिदेला?’

कौशिलाले धरौटी रकम जुटाउने चिन्ता व्यक्त गरिन्। उनले धरौटी रकम जुटाउन सके आइतबार बुझाउने बताइन। ‘अब कताबाट, कसलाई भनेर होला खोइ,’कौशिलाले भनिन्,‘अब आज त यति बेला भैसक्यो, हेरौ पर्सीसम्म कतैबाट जोगाड गर्न सकिए धरौटी बुझाउनु हुन्थ्यो।

आदेशको पूर्णपाठ

समाचार शेयर गर्नुहोस्
402
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.