ट्रान्सफोबिया आतङ्क, भिजिलान्ते प्रयोग भएको आशङ्का

ट्रान्सफोबिया आतङ्क, भिजिलान्ते प्रयोग भएको आशङ्का

काठमाडौं : नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी) समुदायले प्राप्त अधिकारलाई संस्थागत हुन नदिन ‘भिजिलान्ते’ प्रयोग भएको आशङ्का गरेका छन्।

‘के हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिचान सहितको अधिकारका गरेको सङ्घर्षलाई ‘भिजिलान्ते’ शैलीमा दबाउन खोजिएको त होइन?’समुदायको तर्फबाट मायाको पहिचान नेपालले विज्ञप्ति निकालेर प्रश्न गरेको छ,‘नत्र किन ट्रान्सफोबिया भन्दै दाता भड्काउने काम भइरहेको छ? सबै जना सचेत हुनुहोला।’

नेपालमा सन् २००१ मा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका लागि ब्लु डायमन्ड सोसाइटी नामक गैरसरकारी संस्था स्थापना गर्ने सुनिलबाबु पन्तलाई ‘ट्रान्सफोबिया’ भनेर प्रचार हुन थाले पछि समुदाय आक्रोशित बनेको छ।

‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र अधिकारका लागि सन् २००१ मा संस्था स्थापना गर्ने व्यक्ति को हुनुहुन्छ?’सामाजिक सञ्जाल फेसबुकमा मायाको पहिचान नेपालले लेखेको छ,‘नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि लड्ने र चिनाउने व्यक्तिलाई ‘ट्रान्सफोबिया’ भन्नुहुन्छ भने भन्नुहोस् हामीलाई भन्नु केही छैन।’

संस्था दर्ता गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई सदस्य बस्नु भन्दा नमाने पछि आफन्तहरू राखेर संस्था दर्ता गरेका सुनिलबाबुलाई नै अहिले ट्रान्सफोबिया भनेर प्रचार हुन थाले पछि समुदाय सशङ्कित बनेको हो।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारमा सर्वोच्च अदालतले सुनिलबाबु पन्त विरुद्ध नेपाल सरकार रहेको रिटमा ६ पुस २०६४ मा दिएको निर्देशनात्मक आदेशलाई ऐतिहासिक मानिन्छ। ‘समलिङ्गी तेस्रोलिंगीको पहिचानका लागि सर्वप्रथम आफैँ रिट बोकेर सर्वोच्च अदालत पुग्नु भयो, त्यही व्यक्तिलाई अहिले ट्रान्सफोबिया भन्नुहुन्छ भने भन्नुस्,’समुदायले प्रश्न गरेको छ,‘जसले संविधानमा अधिकार लेखाउन संसद्मा उभिएर आवाज उठाउनु भयो, उहाँलाई नै ट्रान्सफोबिया भनिन्छ कि भनिँदैन?’

समुदायले प्रश्न गरेको छ,‘नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका अभियन्तालाई नै ट्रान्सफोबिया भन्दै दाता भड्काउने काम किन भइरहेको छ? कसको इशारामा ट्रान्सफोबिया भनिदैछ? के हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिचान सहितको अधिकारका लागि गरेको सङ्घर्षलाई ‘भिजिलान्ते’ शैलीमा दबाउन खोजिएको त होइन?’

सर्वोच्च अदालत, जिल्ला अदालत, उच्च अदालत हुँदै सिंहदरबारभित्रको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पहल गरेर पहिलो ‘इन्द्रेणी’ विवाह दर्ता गराउन सफल सुनिलबाबुलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले ‘सलाम गरेको छ। ‘अझ धेरै काम गर्न बाँकी छ। उहाँकै पहलमा मायाको पहिचान नेपालले पहिलो पटक काठमाडौँमा अन्तर्राष्ट्रिय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पर्यटन प्रवर्द्धन सम्मेलन गर्न लागेको छ’विज्ञप्तिमा लेखिएको छ।

https://www.facebook.com/watch/?v=1439970526915902

विदेश घुम्न मात्रै जाने होइन, आफ्नो देशमा पनि बोलाएर स्वागत गर्नु पर्छ भनेर पर्यटन सम्मेलनको तयारीमा लागेको मायाको पहिचान नेपालले उल्लेख गरेको छ। ‘हातमा हात, साथमा साथ गरेर यो सम्मेलन सफल बनाउन लागौँ। यो कुनै एक व्यक्तिका लागि होइन, समग्र समुदायका लागि हो,’विज्ञप्तिमा लेखिएको छ,‘दाता भड्काएर देश भित्र राम्रो काम हुन नदिने प्रयास नगर्नुहोला। हाम्रो अनुरोध छ।’

विज्ञप्तिमा सुनिलबाबुकै कारण खुलेर हिँड्न र न्याय माग्न सक्ने भएको उल्लेख गरिएको छ। ‘तपाईँहरूका लागि उहाँ महान् हुनुहुन्न होला, विद्धान हुनुहुन्न होला, तर हाम्रा लागि धेरै गर्नु भएको छ,’विज्ञप्तिमा लेखिएको छ,‘अहिले हामी खुलेर हिँड्न पाएका छौ, न्याय माग्न सक्ने भएका छौ।’

मायाको पहिचान नेपालले आफूहरू लुटेर खान नआएको प्रस्टीकरण पनि दिएका छन्। ‘दाता भड्काउनुहोस् केही फरक पर्दैन, हामी लुटेर खान आएका होइनौ, काम गरेर खान आएका हौँ। हामी काम गर्नेछौ र काम गरेर देखाउने छौ,’विज्ञप्तिमा लेखिएको छ,‘त्यसरी लुटेर खानेमा हामी गनिँदैनौ।’

विज्ञप्ति पढ्नुहोस् : ट्रान्सफोबिया ट्रेन्ड किन?

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी) समुदायको पहिचान र अधिकारका लागि सन् २००१ मा संस्था स्थापना गर्ने व्यक्ति को हुनुहुन्छ? नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि लड्ने र चिनाउने व्यक्तिलाई ट्रान्सफोबिया भन्नुहुन्छ भने भन्नुहोस् हामीलाई भन्नु केही छैन।

जसले संस्था दर्ता गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई सदस्य बस्नु भन्दा नमाने पछि आफन्तहरू राखेर संस्था दर्ता गर्नु भयो र समलिङ्गी तेस्रोलिंगीको पहिचानका लागि सर्वप्रथम आफैँ रिट बोकेर सर्वोच्च अदालत पुग्नु भयो। त्यही व्यक्तिलाई अहिले ट्रान्सफोबिया भन्नुहुन्छ भने भन्नुस्। हाम्रो भन्नु केही छैन।

जसले संविधानमा अधिकार लेखाउन संसद्मा उभिएर आवाज उठाउनु भयो, उहाँलाई नै ट्रान्सफोबिया भनिन्छ कि भनिँदैन?

कानुनी रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू कहिल्यै पनि पछाडि पर्नु हुँदैन भन्ने व्यक्तिलाई ट्रान्सफोबिया भन्नुहुन्छ भने भन्नुस् हाम्रो भन्नु केही छैन।

नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका अभियन्तालाई नै ट्रान्सफोबिया भन्दै दाता भड्काउने काम किन भइरहेको छ? कसको इशारामा ट्रान्सफोबिया भनिदैछ? के हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिचान सहितको अधिकारका गरेको सङ्घर्षलाई ‘भिजिलान्ते’ शैलीमा दबाउन खोजिएको त होइन? नत्र किन ट्रान्सफोबिया भन्दै दाता भड्काउने काम भइरहेको छ? सबै जना सचेत हुनुहोला।

सर्वोच्च अदालत, जिल्ला अदालत, उच्च अदालत हुँदै सिंहदरबारभित्रको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पहल गरेर पहिलो इन्द्रेणी विवाह दर्ता गराउन सफल सुनिलबाबु पन्तलाई हाम्रो सलाम छ। अझ धेरै काम गर्न बाँकी छ। उहाँकै पहलमा मायाको पहिचान नेपालले पहिलो पटक काठमाडौँमा अन्तर्राष्ट्रिय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पर्यटन प्रवर्द्धन सम्मेलन गर्न लागेको छ।

विदेश घुम्न मात्रै जाने होइन, आफ्नो देशमा पनि बोलाएर स्वागत गर्नु पर्छ भनेर हामी पर्यटन सम्मेलनको तयारीमा लागेका छौँ। हातमा हात, साथमा साथ गरेर यो सम्मेलन सफल बनाउन लागौँ। यो कुनै एक व्यक्तिका लागि होइन, समग्र समुदायका लागि हो। दाता भड्काएर देश भित्र राम्रो काम हुन नदिने प्रयास नगर्नुहोला। हाम्रो अनुरोध छ।

तपाईँहरूका लागि उहाँ महान् हुनुहुन्न होला, विद्धान हुनुहुन्न होला, तर हाम्रा लागि धेरै गर्नु भएको छ। अहिले हामी खुलेर हिँड्न पाएका छौ, न्याय माग्न सक्ने भएका छौ। दाता भड्काउनुहोस् केही फरक पर्दैन, हामी लुटेर खान आएका होइनौ, काम गरेर खान आएका हौँ। हामी काम गर्नेछौ र काम गरेर देखाउने छौ। त्यसरी लुटेर खानेमा हामी गनिँदैनौ।

मायाको पहिचान नेपाल
अध्यक्ष माया गुरुङ

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.