निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सामाजिक संस्था र धार्मिक सङ्घलाई महालक्ष्मी विकास बैङ्कको सहयोग

सामाजिक संस्था र धार्मिक सङ्घलाई महालक्ष्मी विकास बैङ्कको सहयोग

380
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक सङ्घलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन्।

‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ।

विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्‍याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो। न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरे।

बैङ्कको गोगंबु शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं २६ मा अवस्थित पवित्र नगर समाजलाई आर्थिक सहयोग प्रदान गरेको बैङ्कले जनाएको छ।

समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्री खरिद गर्नका लागि बैङ्कले उक्त सहयोग गरेको जनाएको छ। गोगंबु शाखाका प्रमुख अमिता बगालेले पवित्र नगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई तीस हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिन।

बैकको वसुन्धरा शाखाद्वारा टोखा नगरपालिका वडा नं ०४ मा अवस्थित श्रीकृष्ण धार्मिक सङ्घलाई २ थान उफर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ।

श्रीकृष्ण मन्दिरमा नियमित रूपमा २ वटा हलमा भजनकिर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैङ्कले उक्त सहयोग प्रदान गरेको जनाएको छ। वसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक सङ्घलाई उफर हस्तान्तरण गरेका थिए।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने बैकैले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
380
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.