निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

वियोगी पत्रकारिता पुरस्कार भण्डारी र उत्सुकलाई

वियोगी पत्रकारिता पुरस्कार भण्डारी र उत्सुकलाई

561
SHARES

काठमाडौं : सम्पादक समाज नेपालले गोविन्द वियोगी पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचार प्रमुख जिवराम भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ।

पत्रिका, अनलाइन र टेलिभिजनहरूमा काम गरेका भण्डारीले समकालीन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए। स्पेस टाइम दैनिक, राजधानी दैनिक, नेपाल टेलिभिजन, नेशनल टेलिभिजन, सगरमाथा टेलिभिजन, खबरहब हुँदै भण्डारी हाल योहो टेलिभिजनमा कार्यरत छन्। उनको जन्म २०२१ सालमा ओखलढुङ्गाको रुम्जाटारमा भएको हो।

भण्डारीले गत वर्ष मात्रै २ हजार अमेरिकी डलरको हेम सरिता फाउन्डेसनले प्रदान गर्ने टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार पाएका थिए। सम्पादक समाज नेपालले भण्डारीलाई २५ हजार १ रुपैयाँ सहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासचिव श्याम डोटेलले जानकारी दिए।

यो वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार नुवाकोट कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका त्रिशूली प्रवाहका सम्पादक शरण उत्सुक सापकोटालाई प्रदान गर्ने निर्णय सम्पादक समाजले गरेको छ।

विदुर नगरपालिका वडा नं. २, विदुरका ५३ वर्षीय उत्सुक नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नुवाकोटका संस्थापक अध्यक्ष हुन्। उनी २०५७ सालदेखि नुवाकोटबाट प्रकाशित त्रिसुली प्रवाह साप्ताहिकको सम्पादक/प्रकाशक छन्। उत्सुकलाई १५ हजार १ रुपैयाँको पुरस्कार प्रदान गर्ने निर्णय सम्पादक समाजले गरेको छ।

यो वर्षको सम्पादक समाज नेपालको सम्मानबाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले र एफ.एम. रेडियो मार्फत पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि उल्लेखनीय योगदान पुर्‍याए बापत मन्टेश्वरी राजभण्डारीलाई सम्मानित गरिने महासचिव डोटेलले जानकारी दिए।

वाग्ले नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् भने सेन्टर फर वमन एन्ड डेभलपमेन्टबाट जेण्डर एन्ड डेभलपमेन्ट जर्नालिजमको १० महिने तालिम लिएर रेडियो नेपालको खोज खबरबाट रेडियो पत्रकारिता सुरु गरेकी राजभण्डारी लामो समयदेखि कम्युनिकेसन कर्नरको निर्देशक छिन्।

सम्पादक समाज नेपालका संस्थापक एवं वरिष्ठ पत्रकार वियोगीको स्थापना भएका यी पुरस्कार माघ ६ गते नुवाकोटको सूर्यचौरमा हस्तान्तरण गरिनेछ। हरेक वर्ष सम्पादक समाज नेपालले वियोगीको स्मरणमा पुरस्कार एवं सम्मान गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
561
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.