समावेशी (रेन्बो) पर्यटनको सम्भाव्यता सम्बन्धी राष्ट्रिय परामर्श

समावेशी (रेन्बो) पर्यटनको सम्भाव्यता सम्बन्धी राष्ट्रिय परामर्श

603
SHARES

काठमाडौं : मायाको पहिचान नेपालले समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता सम्बन्धी राष्ट्रिय परामर्श आयोजना गर्दैछ। राष्ट्रिय परामर्शको तयारी पुरा भएको आयोजक मायाको पहिचान नेपालले जनाएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि क्रियाशील संस्था मायाको पहिचान नेपालले नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको पर्यटन सम्भाव्यता परामर्श गर्न लागेको जनाएको छ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भोलि (शुक्रवार) ५ माघमा हुने एक दिने राष्ट्रिय परामर्शमा सरकारी अधिकारी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, निजी क्षेत्रका पर्यटन व्यवसायी लगायत सहभागी हुनेछन्।

राष्ट्रिय परामर्शले पर्यटन व्यवसायीहरूलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई बुझ्न र उनीहरूलाई थप समावेशी र स्वागतयोग्य बनाउन मद्दत गर्ने लक्ष्य राखेको छ।

सम्भावित व्यापार वा रोजगारीका सम्भावनाहरू अन्वेषण गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई सक्षम पार्ने पहिलो संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए।

पहिले नै पर्यटन र आतिथ्य क्षेत्रहरूमा संलग्न वा रुचि राख्ने समुदायका सदस्यहरू, साथै हालै काम गरिरहेका वा रेन्बो पर्यटनसँग संलग्न हुन इच्छुक ट्राभल/हस्पिटालिटी कम्पनीहरू राष्ट्रिय परामर्श कार्यक्रममा सहभागी हुनेछन्।

‘पिंक मनी’ भित्र्याउन खुसीको यात्रा

समाचार शेयर गर्नुहोस्
603
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.