निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सुनिलबाबु पहिलो ‘रेन्बो टुरिजम एम्बेसडर’

सुनिलबाबु पहिलो ‘रेन्बो टुरिजम एम्बेसडर’

621
SHARES

काठमाडौं : नेपालले पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’ पाएको छ। नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको हो।

नेपाल सरकार, पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र मायाको पहिचान नेपालले आयोजना गरेको समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्शमा पन्तलाई रेन्बो टुरिजम एम्बेसडर घोषणा गरिएको हो।

पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, अमेरिकी राजदूतावास काठमाडौँका डेपुटी चिफ अफ मिसन जेसन पी.मिक्स, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी एम लादे, बेलायती दूतावासका स्याली डंकनले संयुक्त रूपमा पन्तलाई एम्बेसडर घोषणसहितको प्रशंसा पत्र प्रदान गरे।

मिस डायमन्ड नेपाल २०२१ र साहसी कदम नेपालका उपाध्यक्ष सरोजी न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल समावेशी रहेको सन्देश दिन एम्बेसडर घोषणाले सहयोग गर्ने बताइन। कार्यक्रम सञ्चालन समेत मिस डायमन्ड सरोजीले गरेकी थिइन।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान र अधिकारका लागि नेपालमा पहिलो संस्थागत अभियान सुरु गर्ने पन्तलाई एम्बेसडर घोषणा गरेर नेपाल यो समुदायका लागि समावेशी रहेको सन्देश प्रवाह गरेको पर्यटन बोर्डले जनाएको छ।

बोर्डका अनुसार एम्बेसडर घोषणासँगै विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका लागि नेपाल सुरक्षित रहेको सन्देश समेत जानेछ। समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता सम्बन्धी राष्ट्रिय परामर्शले पर्यटन क्षेत्रमार्फत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको जीविकोपार्जनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

समाचार शेयर गर्नुहोस्
621
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.