निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एनसेल र सामसङबीच साझेदारी, ६ महिनासम्म सेवा निःशुल्क

एनसेल र सामसङबीच साझेदारी, ६ महिनासम्म सेवा निःशुल्क

464
SHARES

काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन साझेदारी भएको छ।

साझेदारी अन्तर्गत, एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको स्पेसल लक्स नम्बर लिन पाउने छन्।

सामसङ नेपालले शुक्रवारबाट नै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको जनाएको छ। अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन्।

‘ग्यालेक्सी एस२४ सिरिज सबै भन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दै छौ,’साझेदारीका बारे बताउँदै एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने,‘नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ सम्भावनाहरू पहिल्याउन प्रतिबद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौँ।’

सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन्। यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाइभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट अशिष्ट, ट्रान्सक्रिप्ट अशिष्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन–डिभाइस सुविधाहरू प्रदान गर्दछ। यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ र यो डिभाइस टाइटेनियमबाट बनेकोले एकदमै बलियो रहेको दाबी गरिएको छ।

सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन्। यो सिरिजमा रहेको ग्यालेक्सी एआईले च्याट अशिष्ट, एन्ड्रोइड अटो, नोट अशिष्ट, ट्रान्सक्रिप्ट अशिष्ट जस्ता विभिन्न अन–डिभाइस अनुभवहरू प्रदान गर्दछ। यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ।

एस२४ सिरिजमा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ बेस रहेका छन्। ग्राहकले सामसङ नेपालको आधिकारिक वेबसाइट https://samsung-np.com/NP-S24-Preorder/ मार्फत वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर अग्रिम बुकिङ गर्न सक्नेछन्। माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याब्लेट लगायतका आकर्षक उपहार समेत पाउने सामसङ नेपालले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
464
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.