निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अर्बपति विनोद चौधरी नीति बिगार्ने, भाइ जग्गा हडप्ने

अर्बपति विनोद चौधरी नीति बिगार्ने, भाइ जग्गा हडप्ने

477
SHARES

काठमाडौं : अर्बपति विनोद चौधरीका भाइ जग्गा घोटाला काण्डमा पक्राउ परेका छन्। नेपाली काँग्रेसका सांसद विनोदका भाइ अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले निवासबाटै गिरफ्तार गरेको हो।

दाइ विनोद चौधरीलाई सत्ता र शक्तिमा बसेर नीतिगत निर्णय गराउन लाग्ने गरेको आरोप लाग्दै आएको छ। चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधन खरिदमा भन्सार राजश्व कम गराउन विनोद चौधरीले राजश्व नीतिमा लुपहोल राख्न लगाएको स्रोतले बताएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार राजश्व कम सङ्कलन भए पछि गरेको छानबिनमा ‘लुपहोल’ पत्ता लगाएका थिए। लगत्तै अर्थमन्त्री महतले थाहा पाउन नसकिने गरी नीतिमा राखेको लुपहोल करेक्सन गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

उनै विनोदका भाइ अरुण सरकारी जग्गा हडपेको आरोपमा बिहीबार पक्राउ परे। अरुणले आफूलाई पक्राउ गर्न निवासमा पुगेको सीआइबीको टोलीलाई आधा घण्टा बढी कुराएर आफ्नै ल्याण्डक्रुजर गाडीमा सीआइबीको कार्यालय पुगे। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा लामो समयको अनुसन्धान पछि सीआइबीले अरुण सहित तीन जनालाई पक्राउ गरेको हो।

चौधरी ग्रुपका अरुणसँगै छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ परेका सीआइबीले जनाएको छ।

पक्राउ परेकामध्ये व्यवसायी चौधरी र थापालाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका सहन्यायधीवक्ता सन्देश श्रेष्ठले जानकारी दिए।

ठाकुरमाथि भने अनुसन्धान जारी नै रहेकाले अदालती प्रक्रिया बाँकी रहेको प्रहरीले जनाएको छ। चौधरीको द चाँदवाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापाको मिलेमतो रहेको आरोप छ। उनीहरू विरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउने तयारी सीआइबीले गरेको छ।

उद्योगी चौधरीको रेकी गर्न सीआइबीको टोली बिहानै लाजिम्पाटस्थित सिर्जना मार्गमा पुगेको थियो। जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी नभएका कारण सीआइबी प्रमुख एआइजी किरण बज्राचार्यले रेकी गर्न बिहानै एक टोली खटाएकी थिइन।

कार्यालय खुल्नेवित्तिकै सीआइबीको अर्को टोलीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि मात्रै ब्युरो प्रमुखले चौधरीलाई पक्राउ गर्न आदेश दिएकी थिइन। प्रहरी घरमा पुगेको थाहा पाएपछि उद्योगी चौधरीले आधा घण्टाभन्दा बढी कुराएका थिए। प्रहरीलाई करिब ४५ मिनेट कुराएपछि चौधरी निस्केर के थियो होला?’ भनेर सोधेका थिए।

उनलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीले ब्युरोमा गएर प्रमुखसँग कुरा गर्न आग्रह गरेपछि चौधरीले आफ्नै गाडीमा जान आग्रह गरेका थिए। प्रहरी अधिकृतसहित आफ्नै गाडीमा ब्युरोमा पुगेका चौधरीले ब्युरो प्रमुखको कार्यकक्षमा पुगेपछि ‘मेरो सबै कुरा सिद्ध्याइदिएको’ प्रतिक्रिया दिएका थिए।

निजी क्षेत्रको छाता सङ्गठन बचाउमा

सिजी होल्डिङ्सका अध्यक्ष चौधरी पक्राउ परेपछि उद्योगी व्यवसायीहरूको छाता सङ्गठन बचाउमा उत्रिएको छ। उद्योगी चौधरीलाई पक्राउ गरेको विरोधमा निजी क्षेत्रले बिहीबार नै पत्रकार सम्मेलन गरी दोषी जसरी पक्राउ गरिनु आपत्तिजनक रहेको बताएको छ।

यो घटनाले सरकारले आर्थिक समृद्धिमा निजी क्षेत्रको उपेक्षा गरेको हो कि भन्ने सोच्न बाध्य तुल्याएको निजी क्षेत्रले टिप्पणी गरेको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगीलाई धरपकड गर्नु राम्रो नभएको तथा दोषी जसरी पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरे। उनले पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउनुपर्ने जिकिर गरे।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा निजी क्षेत्रमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै सरकारले निजी क्षेत्रलाई सँगसँगै लैजानुपर्ने तर्क गरे।

नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले सरकारले बिना कारण धरपकड गरेर मानमर्दन गरेको आरोप लगाउँदै निजी क्षेत्रलाई नतर्साउन आग्रह गरे।

समाचार शेयर गर्नुहोस्
477
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.