निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

१० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा

१० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा

405
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।

बैङ्कले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो। विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैङ्क वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरूले पनि सहज रूपमा कर्जा सार्न समेत सक्ने बैङ्कले जनाएको छ।

बैङ्कका अनुसार सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन्।

बैङ्कले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरू पेस गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्ने जनाएको छ।

ग्राहकहरूले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैङ्कका ३५६ वटा शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन्। यो योजना सीमित अवधिका लागि रहने बैङ्कले जनाएको छ।

ग्लोबल आइएमई बैङ्कले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको विज्ञप्ति निकालेर जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्
405
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.