निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महालक्ष्मी विकास बैङ्कको नयाँ वर्ष लक्षित १०.९९ प्रतिशतमै कर्जा योजनाहरू

महालक्ष्मी विकास बैङ्कको नयाँ वर्ष लक्षित १०.९९ प्रतिशतमै कर्जा योजनाहरू

281
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्कले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरू ल्याएको छ।

सो योजनाअन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने बैङ्कले जनाएको छ।

उपरोक्त तिनै प्रकारको कर्जाहरूमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्न सकिने बैङ्कले विज्ञप्ति निकालेर जानकारी दिएको छ। साथै आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ३ कार्य दिनभित्र नै कर्जा प्रवाह गरिनेछ।

उक्त योजनाअनुसार आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अपार्टमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गरिनेछ।

साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधि सम्मको लागि १०.९९ प्रतिशतमा व्यावसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ।

त्यसै गरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ। सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ।

विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिने बैङ्कले जनाएको छ।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन्। साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ।

समाचार शेयर गर्नुहोस्
281
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.