पाँचथरको डेरी बजारमा ग्लोबल आइएमई बैङ्कको सेवा

पाँचथरको डेरी बजारमा ग्लोबल आइएमई बैङ्कको सेवा

407
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

यससँगै बैङ्कको शाखा रहित बैंकिङ्ग सेवाहरूको सङ्ख्या २७५ पुगेको छ।

शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईँ तथा बैङ्कका सहायक महाप्रबन्धक दिलीप पोखरेलले संयुक्तरुपमा गरे।

शाखा रहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सक्ने बैङ्कले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

‘सबैका लागि बैङ्क’ भन्ने नाराका साथ बैङ्कले ४६ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।

समाचार शेयर गर्नुहोस्
407
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.