निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महालक्ष्मी विकास बैङ्कको महिला उद्यमी सशक्तीकरण योजना

महालक्ष्मी विकास बैङ्कको महिला उद्यमी सशक्तीकरण योजना

148
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्कले आलय प्रा.लि. र रायन इर्नजी प्रा.लि.को सहकार्यमा महिला उद्यमीहरूको वित्तीय पहुँच तथा स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहल कदमको सुरुवात गरेको छ।

यस अन्तर्गत महालक्ष्मी विकास बैङ्कले काभ्रेपलान्चोक, बनेपा, धुलिखेलमा रहेका महिला लघु उद्यमीहरूलाई विद्युतीय सवारी साधन खरिदको लागि वित्तीय सहयोग प्रदान गर्ने जनाएको छ। साथै आधिकारिक विक्रेता तथा निर्माताको रूपमा रहेको रायन इर्नजी प्रा.लि.ले सुरक्षित तथा वातावरणीय अनुकूल विद्युतीय सवारी साधनहरू आपूर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ।

यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवर्धन, वित्तीय विशेषज्ञता तथा नवीनतम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशील साझेदारीको रूपमा रहने बैङ्कले जनाएको छ। साथै यो सम्झौताले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरूलाई अवसर सिर्जना गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्त्वपूर्ण उदाहरणको रूपमा रहने विश्वास महालक्ष्मी विकास बैङ्कले गरेको छ।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन्।

साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको बैङ्कका डिपोजिट मार्केटिङ र कर्पोरेट कम्युनिकेसनका प्रमुख वसन्त बक्सिले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
148
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.