महालक्ष्मी विकास बैङ्कको २०८१ सालको भित्तेपात्रो प्रकाशन

महालक्ष्मी विकास बैङ्कको २०८१ सालको भित्तेपात्रो प्रकाशन

267
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडको २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ। “सबल बैङ्क, सफल सहकार्य” को लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरेको हो।

बैङ्कले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत सकारात्मक सन्देश प्रदान गर्दै २०८१ सालको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरू समक्ष ल्याएको जनाएको छ।

उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैङ्कले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्बिरहरू मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरूलाई जानकारी राख्नु बैङ्कको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ ग्राहकहरूले उक्त क्यालेन्डरको डिजिटल कपी बैङ्कको आधिकारिक वेबसाइट www.mahalaxmibank.com मार्फत डाउनलोड गर्न सक्नेछन्।

विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रही आएको बैङ्कले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार शेयर गर्नुहोस्
267
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.