विद्यालयमा लैङ्गिकता सवाल : विद्यार्थीले बिरालो भनेपछि…

विद्यालयमा लैङ्गिकता सवाल : विद्यार्थीले बिरालो भनेपछि…

एजेन्सी : मान्छेले आफ्नो पहिचान कुनै जनावरको रूपमा स्विकार्न सक्छ? सुन्दै रिस उठ्ने यो प्रश्नसँग सम्बन्धित एउटा विवादले गत वर्ष बेलायतमा स्कुले विद्यार्थीको सुरक्षामाथि नै बहस छेडिदियो।

कुरा एक वर्ष अगाडीको हो। सन् २०२३ मार्चमा एक विद्यार्थीले रेकर्ड गरेको गोप्य अडियो सार्वजनिक भएपछि विद्यालयले बच्चाको पहिचान एउटा जनावर, (गाई, बिरालो) को रूपमा गर्न लगाउने गरेको आरोप लाग्यो। टिकटकमा पोस्ट गरिएको उक्त अडिओको वास्तविकता पत्ता लाग्नुअघि नै जेन्डरको विषयसँग जोडेर ठुलो बहस खडा गर्‍यो सुरक्षाका दृष्टिकोणले खतरा ठानेर यस विषयमा तत्काल छानबिन गर्न माग गरियो।

पूर्वी ससेक्सको रेई कलेज। आठ कक्षामा ‘जीवन शिक्षा’ विषय पढाई भइरहेको हुन्छ, जहाँ विद्यार्थीहरूलाई ‘तपाईँ को बन्न चाहनुहुन्छ? र कसरी चिन्ने कुरा तपाईँमा निर्भर छ’ भनी बताइएको थियो। एक छात्राले गाई या बिरालो भनेर चिनिन सहपाठीको निर्देशन अस्वीकार गर्छिन् र तिनलाई ‘पागल’ भनी प्रतिक्रिया दिएपछि विवाद सुरु हुन्छ।

त्यसपछि कक्षाकोठामा शिक्षिकासँग सेक्स र जेन्डरका विषयमा भएको विवादलाई गोप्य रूपमा रेकर्ड गरी टिकटकमा पोस्ट गरिएपछि आलोचना र विवाद बढाएको थियो।

के थियो अडिओमा?

‘तिमी आफूलाई कसरी बिरालोको पहिचान दिलाउन सक्छौँ जबकि तिमी केटी हौ?’ एक विद्यार्थीले सहपाठीलाई भन्छिन्। शिक्षिकाले ती छात्राको बिचारलाई वास्तवमा घृणित र निकै दुखद रहेको टिप्पणी गर्छिन्। यही कुरालाई लिएर विद्यालय र शिक्षिकाको व्यापक विरोध भएको थियो।

‘तिमिले कसैको पहिचानमाथि प्रश्न गरेर उसको चित्त दुखाउने हिम्मत कसरी गर्‍यौ? शिक्षिकाले ती छात्रालाई सोध्छिन्।

‘मैले त्यसो भनेको होइन। यदि तिनीहरू गाई, बिरालो वा अरू केही भनेर चिन्न चाहन्छन् भने तिनीहरू साँच्चै अस्वस्थ छन् र पागल हुन्। मैले उनीहरूको जेन्डरको बारेमा आफ्नो विचार मात्र राखेकी हुँ। मैले उनीहरूको विचारलाई सम्मान गर्छु भने, के उनीहरूले मेरो सम्मान गर्न सक्दैनन्’ विद्यार्थीले जवाफ दिन्छिन्।

‘यो एउटा विचार मात्र होइन। तिमिले उनीहरूको पहिचानमाथि प्रश्न उठाइरहेकी छौ। दुई लिङ्ग मात्र हुन्छ भन्ने सोच कहाँबाट आयो?’ शिक्षिकाले रिसाउँदै प्रश्न गर्छिन्।

‘यहाँ मात्र केटा र केटी छन्, अन्य कुनै निजी अङ्ग (प्राइभेट पार्ट) छैनन्’ छात्राले भनेपछि शिक्षिकाले किशोरीको लैङ्गिक आलोचनात्मक रवैयालाई होमोफोबियासँग जोड्दै ‘यहाँ ट्रान्सजेन्डर (तेस्रो लिङ्गी) सहित धेरै जेन्डर छन्। जेन्डर जन्मसँगै लिएर आएको अङ्गसँग जोडिएको छैन, यो तिमी यसलाई कसरी पहिचान गर्छौ भन्नेबारे हो, जसको बारेमा मैले सुरुदेखि नै भन्दै आएको छु’ भन्छिन्।

‘वास्तवमा तीन जैविक लिङ्गहरू छन्। तिमी अन्तरलिङ्गी जन्मन सक्छौ। तिमी पुरुष र महिलाको शरीरका अङ्ग वा हर्मोन लिएन जन्मन सक्छौ। जैविक सेक्सका तीन वटा सर्तहरू छन् भनेर तिमिलाई थाहा थियो?’ शिक्षिकाले प्रश्न गर्दै भन्छिन्,‘यहाँ धेरै लिङ्गहरू छन्। तेस्रो लिङ्गी, अन्तरलिंगी अनि केही त्यस्ता मानिसहरू छन् जो आफ्नो कुनै लिङ्ग (जेन्डर) छ भन्ने ठान्दैनन्।’

‘तर त्यो हुन सक्दैन। यो कानुन होइन, हाम्रो विचार हो। तपाईँसँग योनी छ भने केटी हो, लिङ्ग छ भने केटा हो’ छात्रा भन्छिन्।

‘जरुरी छैन की, जेन्डर नै यस्तो होस्। तिमी भनिरहेका छौ की, यो सामान्य हो, तिमिले लिङ्गका साथ पहिचान गर्‍यौ। त्यो यौन अङ्ग हो जसका साथ तिमि जन्मिएका छौ, तिमी जे भनिरहेका छौ त्यो वास्तवमै निन्दनीय छ’ शिक्षिकाले भनिन्।

कसरी? यस्ता मानिसहरूको सानो/अल्पसङ्ख्यक जनसङ्ख्या छ, कसरी धेरै मानिस सहमत छन्? म सहमत छैन, त्यसैले यो कुरा मैले किन सुन्नपर्‍यो? छात्राले प्रश्न गर्दै भनिन्,‘यदि मैले अहिले नै मेरी आमालाई फोन गरेर बताएँ भने……।’

‘यो धेरै दुखको कुरा हो। संसारमा होमोफोबियासँग यति धेरै समस्याहरू छन् भन्ने किन लाग्छ? शिक्षिकाले प्रश्न गर्छिन्।

‘तर यो होमोफोबिया होइन, तेस्रो लिङ्गी हो। मलाई लेस्बियन र गे मानिससँग कुनै समस्या (दिक्कत) छैन, मेरो मनमा उनीहरुविरुद्ध केही पनि छैन’ विद्यार्थीले भनिन्। ‘तर यसको बिचमा एउटा सम्बन्ध छ’ शिक्षिकाले भनिन्।

‘तर लिङ्ग नजोडिदिएसम्म उनीहरू केही गर्न सक्दैनन्’ विद्यार्थीले आफ्नो विचार थपिन्। ‘तिमी सेक्स र जेन्डरलाई लिएर भ्रमित भइरहेका छौ’ शिक्षिका भन्छिन्। ‘होइन। म भ्रममा छैन। किनकि यदि तपाइसँग योनी छ भने तपाई केटी हो भन्नेमा म स्पष्ट छु’ छात्रा भन्छिन्।

‘जेन्डरले तिम्रो पहिचानको बारेमा बताउँछ। तिमि कसरी चिनिन्छौ त्यो जेन्डर हो’ शिक्षिकाले यसो भनेपछि किशोरीले ‘त्यो त हो’ भन्छिन्।

तर शिक्षिकाले रिसाउँदै भन्छिन्,‘कुरा यति मात्र होइन। यदि मेरो यो कुरा मन परिरहेको छैन भने तिमीलाई अर्को स्कुलमा जान आवश्यक छ। म स्कुल प्रशासनमा तिम्रो सिकायत गरिदिन्छु। तिमीलाई समानता, विविधता र समावेशिताको बारेमा उचित शैक्षिक छलफलको आवश्यकता छ। किनकि मैले पढाइरहँदा यसको बारेमा आफ्नो पाठमा व्यक्त गरिरहेको छैन।’

‘तिमी त्यही बन्न सक्छौ जे तिमी बन्न चाहन्छौँ। तिमि कसैलाई कसरी चिन्छौ त्यो उसमा निर्भर गर्दछ। अब यसबारेमा एउटा स्टेटमेन्ट लेख्न जरुरी छ’ भन्दै यो बहसलाई बन्द गरिदिन्छिन्।

घटना बाहिरिएपछि

माथि उल्लेखित विवादित संवादको गोप्य रूपमा अडियो रेकर्ड गरी टिकटकमा पोस्ट गरिएपछि अभिभावकसँगै ठुलो समूहले क्रोधित प्रतिक्रिया दिए। कोही–कोहीले कक्षाकोठामा चलिरहेको बहस बन्द गरेकोमा शिक्षिकाको आलोचना गरे।

सार्वजनिक अडिओमा शिक्षिकासँग विवादित राय दिइरहेकी छात्राकी आमाले आफ्नी छोरीप्रति धेरै गर्व रहेको भन्दै उनले सधैँ आफूलाई सही साबित गर्ने र त्यसका लागी खडा हुने गरेको प्रतिक्रिया दिइन्। ‘कक्षाकोठामा भनिएको कुरा मन नपरे अर्को विद्यालयमा जानु भनेर शिक्षिकाले भनेको कुरा सुन्दा मेरो रगत उम्लियो, १३ वर्षीया ती किशोरीकी आमाले भनिन्,‘मेरी छोरी र उनको साथीले ‘आफ्नो विचार राखे र बिरालोको रूपमा चिनाउने अर्की केटीसँग झगडा गरेर ठिक गरे।’

उनका अनुसार, किशोरीले आफूहरूले विद्यालयमा जे सिकिरहेका थिए, त्यो हास्यास्पद थियो भनेर बताइन्। बिरालोको रूपमा चिनाउने सहपाठीले ‘‘त्यस्तो होइन, कसैले जे पनि भनेर चिन्न सक्छ’’ भनेर तर्क गर्ने प्रयास गरेकी थिइन्।

‘मेरी छोरीले “यदि मैले कङ्गारु हुँ भनेर चिनिन्छु भनेदेखि म आफूलाई कङ्गारु हुँ भन्न सक्छु?” भनेर शिक्षिकालाई सोधेकी थिइन्’ किशोरीकी आमाले सुनाइन्,‘त्यसपछि कक्षामा आफूलाई बिरालो ठानेकी केटी रुन थालिन् र अरू धेरै उनीमाथि हाँस्न थाले। मेरी छोरी र उनको साथीलाई कक्षाको पछाडिपट्टि लाइनमा घुँडा टेकेर बस्न लगाइयो।’

अनुसन्धानको निष्कर्ष : विद्यालयको प्रशंसा

विद्यार्थीको पहिचान गर्न लगाउने यो प्रक्रियापछि आएको आलोचनात्मक प्रतिक्रियासँगै स्कुलमा विद्यार्थी र शिक्षकका लागि खतराको माहौल सिर्जना गर्न सक्ने भन्दै व्यापक चिन्ता व्यक्त गरियो। शिक्षा सचिव गिलियन किगनले यस घटनालाई गम्भीरताका साथ लिँदै विद्यालयमा अनुसन्धान गर्न आदेश दिए। अन्य विद्यालयहरूमा पनि शिक्षकले बालबालिकालाई घोडा, डायनासोर र चन्द्रमाको रूपमा आफूलाई पहिचान गर्न अनुमति दिइरहेका रिपोर्ट परेको थियो।

एउटा विद्यालयमा छात्रहरूको पहिचान एक समलिङ्गी पुरुष होलोग्राम र अर्को निजी विद्यालयमा छात्राहरूको पहिचान बिरालोको रूपमा गरिएको सिकायत गरिएको थियो।

स्थानीय मिसेला सामुदायिक स्कुलकी प्राध्यापिका क्याथरीन बिरबलसिंहका अनुसार बच्चाहरू तोते बोली बोल्न थालेदेखि नै जनावरको नाम दिन थालिन्छ। तर रेई कलेजले विद्यालयमा कुनै पनि बालबालिकालाई बिरालो या अन्य जनावर जस्तो नभनिएको भन्दै यद्यपि सार्वजनिक घटनाको संवेदनशीलतालाई लिएर अभिभावकसँग माफी माग्यो।

‘हामी हाम्रा विद्यार्थीहरूलाई समावेशी शिक्षा प्रदान गर्न प्रतिबद्ध छौँ। शिक्षकहरूले विद्यार्थीको विचार सुन्ने प्रयास गर्छन् र उनीहरूलाई प्रश्न सोध्न अनि छलफलमा भाग लिन प्रोत्साहित गर्छन्’ रेई कलेजका प्रवक्ताले भने,‘शिक्षकहरू पनि संवेदनशील भएर इमानदारीपूर्वक विद्यार्थीको जिज्ञासा मेटाइदिन्छन्।’

विद्यालयमा उच्च मापदण्ड कायम राख्न प्रयास गर्दै उदाहरणका रूपमा प्रस्तुत गरिने प्रक्रियाहरूको समीक्षा समेत गर्ने उनले बाचा गरे। भविष्यमा यस्ता घटना नहोस् भनी सुनिश्चित गर्न सम्बन्धित व्यक्तिहरूसँग काम गर्ने उनले बताए।

‘बिरालो विद्यार्थी’ सम्बन्धी विवादपछि विद्यार्थीको सुरक्षा खतरामा पर्ने ठहर गर्दै अफिस फर स्ट्यान्डर्ड इन एजुकेसन (अफस्टेड) ले निरीक्षण र अनुसन्धान गर्‍यो। अनुसन्धान पछि अफस्टेडेले विद्यालयलाई दोषमुक्त गरिदियो र दयाभावको संस्कृति बसाल्दै सम्बन्ध र यौन शिक्षालाई राम्ररी सम्हाल्न सिकाएको भन्दै प्रशंसा समेत गर्‍यो।

अफस्टेडका प्रमुख निरीक्षक म्याथ्यू हेन्सलेले ‘विद्यालयमा विद्यार्थीहरूलाई विवादास्पद विषयमा कसरी बहस गर्ने भनेर सिकाइन्छ। अधिकांश छात्रछात्राले यस्तो बहस सम्मानपूर्वक र परिपक्वतापूर्वक गर्न सिकेका छन्। जटिल मुद्दा सम्हाल्न विद्यालयले सिकाउने गरेको तरिकाबाट अभिभावकहरू निकै प्रभावित छन् भनी प्रतिवेदन तयार पारे।

इँग्ल्यान्डका स्कुलमा ९० लाख बढी बालबालिका छन्। विशेष गरी, तेस्रो लिङ्गी विद्यार्थीहरूले विद्यालय नीतिको बारेमा चर्को बहसको सामना गर्दै आएका छन्।

प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले विवादित रायलाई विद्यार्थीको माझमा तथ्यका रूपमा प्रस्तुत गर्दै अध्यापनको विषय बनाउन नहुने बताए। यस्तै गरी ट्रान्सजेन्डर मुद्दामा चर्चा गर्दा शिक्षकहरूको व्यक्तिगत विचारबाट विद्यार्थीहरू प्रभावित हुन नहुने उनको भनाई छ।

‘बालबालिका आफूलाई पढाउने शिक्षकको व्यक्तिगत विचारबाट प्रभावित भइरहेका छैनन् भनेर तिनका अभिभावकलाई समेत आश्वस्त पार्नु जरुरी हुन्छ’ सुनकका प्रवक्ताले भनेका थिए,‘विद्यार्थीलाई पढाउँदा प्रस्तुत गरिएका कुनै पनि उदाहरण भड्किलो र गलत नहोस् भन्नेप्रति सचेत रहन प्रधानाध्यापकले शिक्षकहरूलाई निर्देशन दिनेछन् भन्ने अपेक्षा समेत गरेका छौँ।’

अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading