निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महालक्ष्मी विकास बैङ्कद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैङ्कद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

327
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्कले श्री कादम्बरी एकेडेमी, श्रीपुर वीरगन्जमा अध्ययनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्ययनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैङ्कको एक महत्त्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैङ्कका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैङ्कले जनाएको छ।

उक्त कार्यक्रममा बोल्दै बैङ्कका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले विद्यार्थीहरू देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए। आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने भन्दै बैङ्कले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गरे।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैङ्कले जनाएको छ। विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको यस बैङ्कले आमग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार शेयर गर्नुहोस्
327
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.