निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एन आई सी एसिया क्यापिटलको पुँजी बजार साक्षरता कार्यक्रम

एन आई सी एसिया क्यापिटलको पुँजी बजार साक्षरता कार्यक्रम

176
SHARES

काठमाडौं : एन आइ सी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।

सोही कार्यलाई निरन्तरता दिने क्रममा ग्लोबल मनि विक २०२४ को अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पुँजी बजार साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक शेयर, धितो पत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचिकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरू लगायत समग्र पुँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराए।

अधिकांश मर्चेण्ट बैङ्कहरू उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेण्ट बैङ्कहरूले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरका बसोबास गर्ने युवाहरूलाई लक्षित गरी Global Money Week-2024 को अवसरमा “Protect Your Money, Secure Your Future” भन्ने नारा सहित सहज र कमाएको पैसा कसरी बचत गर्ने र बचत गरेको रकमबाट कसरी सरल रूपमा मुद्रा बजार उपकरणहरू तथा पुँजी बजारमा सुरक्षित रूपमा कसरी कारोबार गर्न सकिन्छ भन्ने सम्बन्धमा धितो पत्र बोर्डका प्रतिनिधि, एन आई सी एसिया क्यापिटलको उच्च व्यवस्थापन तहका कर्मचारी र सहभागीहरू बीच छलफल तथा अन्तरक्रिया गरिएको बैङ्कले जनाएको छ।

कार्यक्रममा १८० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य लगानीकर्ताहरूको सहभागिता रहेको थियो।

समाचार शेयर गर्नुहोस्
176
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.