थाइल्यान्डमा समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक पारित

थाइल्यान्डमा समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक पारित

704
SHARES
BBC

एजेन्सी : थाइल्यान्डमा समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक पारित भएको छ। थाइल्यान्डको तल्लो सदनमा बुधवार भएको मतदानका क्रममा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक बहुमतले पारित भएको हो।

प्रतिनिधिसभामा उपस्थित ४१५ सदस्यमध्ये ४ सय सदस्यले यसको पक्षमा मतदान १० जनाले विपक्षमा मतदान गरेका थिए। दुई सांसद संसद्मा अनुपस्थित हुँदा तीन जना तटस्थ बसेका थिए।

विधेयक पारित भएसँगै सन् २०२४ को अन्त्यसम्ममा थाइल्यान्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ। यस विवाहले कानुनी मान्यता पाएमा थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो देश बन्नेछ।

यो विधेयक सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ। विधेयकले नागरिक र वाणिज्य संहितालाई ‘पुरुष र महिला’ र ‘पति र पत्नी’ शब्दहरूलाई संशोधन गर्दै ‘व्यक्ति’ र ‘विवाह साझेदार’ मा परिवर्तन गरेको छ।

कानुन पूर्ण रूपमा कार्यान्वयन आएमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीहरूले वित्तीय र चिकित्सा अधिकारहरूमा समेत आफ्नो पहुँच बनाउन बाटो खुल्नेछ।

ताइवानको संसद्ले सन् २०१९ मा समलिङ्गी विवाहलाई वैधानिकता दिने कानुन पारित गरेको थियो। ताइवान समलिङ्गी विवाहलाई मान्यता दिने एसियाको पहिलो देश बनेको छ।

नेपालको सर्वोच्च अदालतले १२ असार २०८० मा समलिङ्गी विवाह दर्ता गर्न आदेश दिएको थियो। १३ मङ्सिरमा लमजुङको दोर्दी गाउँपालिकाले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता गरेको छ। नेपाल दक्षिण एसियामा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो देश बनेको छ।

समाचार शेयर गर्नुहोस्
704
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.