‘ब्याजदर घट्दा पनि ऋण लिने भएनन्’

‘ब्याजदर घट्दा पनि ऋण लिने भएनन्’

काठमाडौं : अर्थतन्त्रको बाह्र क्षेत्रमा सुधार हुँदै गएको छ। रेमिटेन्स बढ्ने क्रम जारी छ। आयात गत वर्ष भन्दा कम भएको छ।

विदेशी मुद्राको सञ्चितिले रेकर्ड राखेको छ। यसले बैंकिङ्ग क्षेत्रमा तरलता बढ्दै गएको छ। बैङ्कहरूमा साढे चार सय देखि ५ सय अर्ब रुपैयाँ रकम थुप्रिएर बसेको छ।

गत वर्ष स्रोत अभावले ऋण लगानी बढाउन नसकेका बैङ्कहरूसँग चालु वर्षको सुरुदेखि कर्जाको माग नहुँदा लगानीयोग्य रकम थुप्रिएको छ। ब्याजदर घट्दा पनि ऋण लिन चाहनेहरू छैनन्।

समग्र अर्थतन्त्रमा शिथिलता देखिएका कारण कर्जा प्रवाह हुन नसकेको बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले बताए। ‘बजारबाट सोचे अनुसारको माग हुन सकेको छैन,ब्याजदर पनि धेरै घटेको अवस्था छ,’अध्यक्ष केसीले भने,‘त्यसबाट केही कर्जाको माग बढ्न सक्ने अनुमान गरिएको थियो तर, त्यो अनुसार हुन नसकेको अवस्था छ।’

चालु वर्षको साढे आठ महिनामा बैङ्क तथा वित्तीय संस्थामा ४ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको छ। २ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

सरकारले खर्च बढाएर जानु पर्ने सुझाव उनले दिए। ‘पूर्वाधार क्षेत्रहरूमा खर्च बढाएर जाने हो भने निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन सक्छ,’उनले भने,‘त्यसका लागि तल्लो तहसम्म सरकारले पैसा पुर्‍याउन सक्ने हो भने त्यसले सकारात्मक प्रभाव लिएर आउँथ्यो।’

बैङ्कहरू लगानीका लागि तयार रहेको अध्यक्ष केसीले बताए। निजी क्षेत्रमा विश्वासको वातावरण बनेको छैन। अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। ‘यो लामो समयसम्म रह्यो र लगानी हुन सकेन भने अप्ठ्यारो अवस्था आउन सक्छ,’अध्यक्ष केसीले भने,‘डिमान्ड नहुनु, आर्थिक गतिविधिहरू सुस्त हुनु, रोजगारीका अवसर घट्नु, बाहिर जाने क्रम बढ्दा भोलि उद्योगहरूले कामदार नपाउने अवस्था हुन सक्छ, यो अप्ठ्यारो अवस्था हो।’

उनले अर्थतन्त्र समस्यामा रहे पनि खत्तम नै नभएको बताए। सरकारले बजेट निर्माण गरिरहेको, अर्थतन्त्रबारे प्रधानमन्त्रीले बेलाबेला निजी क्षेत्रसँग छलफल गरिरहेकाले केही सकारात्मक सङ्केतहरू आउन सक्ने उनले बताए।

अध्यक्ष केसीसँगको कुराकानी :

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading