आत्मनिर्भर नारा मात्रै, १९ अर्बको मकै आयात

आत्मनिर्भर नारा मात्रै, १९ अर्बको मकै आयात

216
SHARES

काठमाडौं : नेपाल अझै पनि मकैमा आत्मनिर्भर हुन नसक्दा अर्बौँ रुपैयाँ बाहिरी मुलुकमा जाने गरेको छ। नेपालको १० लाख हेक्टरमा करिब ३१ लाख मेट्रिक टन मकै उत्पादन हुँदै आए पनि माग अनुसारको उत्पादन हुन नसक्दा १९ अर्ब भन्दा बढी रकम मकै किन्न विदेश पुग्ने गरेको छ।

पशुजन्य आहारका लागि आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धान्ने गरेको छ। तराई क्षेत्रमा हाइब्रिड मकैको उत्पादन बढेको दाबी सरकारले गरेको छ।

दाना मिललाई भनेर गत वर्ष साढे ५ लाख मेट्रिकटन मकै आयात भएकोमा यो वर्ष घटेर साढे ४ लाख मेट्रिकटन आयात भएको कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले जानकारी दिए। उनले मकैको उत्पादन बढ्दा नेपाल आत्मनिर्भर हुँदै गएको दाबी गरे।

नेपालमा पछिल्लो समय कुखुरा तथा बङ्गुर पालनका लागि मकैको खपत बढ्दै गएको छ। दाना मिलमा दाना बनाउन ६० प्रतिशत भन्दा धेरै कच्चा पदार्थ मकैबाटै बन्ने गरेको छ। गत वर्षको तुलनामा मकै उत्पादन बढेकाले आयात समेत घटेको महानिर्देशक केसीले बताए।

सरकारले नयाँ नयाँ प्रविधिमार्फत उन्नत जातको बिउँ वितरण गरेको दाबी गरे पनि किसानले लगाएको मकैमा दाना नलाग्ने जस्ता समस्या देखिएका छन्। तराई क्षेत्रका किसानले अहिले लगाएको मकैमा दाना नलाग्ने समस्या देखिएको गुनासो गरेका हुन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय मकै सम्मेलनमा उत्पादन बढाउने उपायबारे भारत र बङ्गलादेशको अनुभव सेयरिङ भएको महानिर्देशक केसीले बताए।

नेपालमा पहिलो पटक भएको मकै सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वार्षिक करिब ६ लाख मेट्रिक टन मकै आवश्यक पर्ने १४० फिड मिलमा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ लगानी गरेको जानकारी दिए।

तर, फिड मिलका लागि आवश्यक पर्ने कुल मकैको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनबाट आपूर्ति हुने गरेको उनले बताए। बाँकी भारत र अन्य तेस्रो मुलुकबाट आयात हुने गरेको उनले बताए।

पहिलो पटक भएको मकै सम्मेलनबारे कृषि विभागका महानिर्देशकसँग गरिएको कुराकानी

समाचार शेयर गर्नुहोस्
216
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.