निगमले तिर्‍यो ५ अर्ब ३६ करोड ऋण, व्याज छुट गर्न अनुरोध

निगमले तिर्‍यो ५ अर्ब ३६ करोड ऋण, व्याज छुट गर्न अनुरोध

250
SHARES

काठमाडौँ : नेपाल वायु सेवा निगमले २०८० चैत्र मसान्तसम्म ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ ऋण तिरेको छ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् निगमले २०८० चैत्र सम्मको अवधिमा ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

प्रवक्ता पौडेलका अनुसार अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोवडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।

विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको जनाएको छ। यस सम्बन्धमा छलफल समेत भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
250
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.