ग्लोबल आइएमई बैङ्कको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आइएमई बैङ्कको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

392
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैङ्कको क्रेडिट कार्डवाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ। 

आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण बेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, वाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको छ। 

बैङ्कले आन्तरिक भ्रमणका लागि न्यूनतम ३,२१० रुपैयाँ र विदेश भ्रमणको लागि ६,००० रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको जनाएको हो। 

बैङ्कको क्रेडिट कार्डवाहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैङ्कले विज्ञप्ति निकालेर जानकारी दिएको छ। साथै, यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहनेलाई बैङ्कले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट दिने जनाएको छ।  

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्। 

ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ। 

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

समाचार शेयर गर्नुहोस्
392
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.