समलिङ्गी विवाहमा झल्किएको भारतीय परम्परा

समलिङ्गी विवाहमा झल्किएको भारतीय परम्परा

एजेन्सी : केरलाको एउटा ताल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह उत्सवमा रङ्गिएको थियो। विवाह समारोहको उक्त दृश्यले समलिङ्गी संस्कृतिको प्रस्तुति झल्काइरहेको थियो।

के तपाईँलाई डेटिङ भनेपछि दिक्क लाग्छ? यस्तै लाग्थ्यो रामास्वामीका पति अलेक्जेण्डर ड्रेपकिनलाई। उनले कहिल्यै डेट गरेनन्, जसका कारण रामास्वामी निराश थिए। डेट नगरे पनि डेटिङ एप भने उनीहरूको सहयात्राको अभिन्न अङ्ग बन्यो।

रामास्वामी र अलेक्जेन्डरको सम्बन्ध सन् २०१८ मा लन्डनबाट सुरु भयो। रामास्वामीले डेटिङ एपको माध्यमबाट सन्देश पठाउनुको साटो सिधै भेटघाट गर्ने निर्णय गरे।

‘कसैसँग भेटघाट गर्नै पर्छ भन्ने कुरामा म पनि सहमत भएँ’ ड्रेपकिन्ले भने। ‘र निक्कै सुन्दर लुगा लगाएका थिए’ रामास्वामीले थपे।

उनीहरू दुवै अलि फरक दृष्टिकोणका साथ खाजाको समयमा भेटे। ड्रेपकिन लजालु स्वभावका थिए र उनी रामास्वामी शाकाहारी हुन् या होइनन् भन्ने जान्न चाहन्थे। अर्कोतर्फ सिधा कुरा गर्न रुचाउने रामाश्वामीले ड्रेपकिनसामू आगामी जीवनको बारेमा प्रश्न राखे। ड्रेपकिनको लागी यो असामान्य थियो। उनलाई जवाफ फर्काउन दुई दिन लाग्यो।

तर ६ महिना भित्र, उनीहरू दुवैले आफ्नो सामान्य टाइमलाइनहरू पार गरिसकेका थिए र एकअर्काका आमाबाबु, र भाइबहिनीहरूसँग भेट गरे। सबै कुरा छिटो छिटो अगाडी बढिरहेको थियो र महामारीले त्यसलाई झन् व्यवस्थित बनाइदियो।

रामास्वामी २०२० मार्चको दोस्रो हप्तातिर ड्रेपकिनसँग बस्ने योजना थियो। महामारीका कारण लकडाउन भएपछि उनीहरूसँग लगभग एक वर्षसम्म एउटै ठाउँमा एक अर्कासँगै बस्नुको विकल्प थिएन। यही अवधिले उनीहरूको सम्बन्धको जग खडा गरिदियो। झगडा गर्नु, माया गर्नु, फेरि झगडा गर्नु, फेरि माया गर्नु, एकअर्काको बारेमा कुरा सिक्नु, आफ्नो बारेमा जान्नु अनि अन्तमा इन्गेजमेन्ट र विवाह।

‘मैले सबै कुराको योजना बनाउनुपर्थ्यो त्यसैले सबैभन्दा मिल्ने साथीलाई लिएर इन्गेजमेन्टको औँठी हेर्न गएँ’ रामास्वामी भन्छन्–‘असामान्य देखिने, कालो प्लाटिनममा राखिएको शील्ड कट हीराको औँठी जुन मैले कहिल्यै देखेको थिइनँ त्यो उसलाई ठिक पनि भयो।’

‘हामीले आँखा बन्द गर्‍यौँ, ध्यान गर्‍यौँ र आइतबार बिहान बैठक कोठामा व्यस्त भयौँ, र एकअर्कालाई किन यति धेरै माया गर्छौँ भनेर सुनायौँ, रामास्वामी भन्छन्–‘तर आफ्नो परिवारलाई बताउनुअघि, हामी एकअर्कासँग केही समय बिताउन चाहन्थ्यौँ र घुम्न गयौँ, आएर हाम्रा परिवारहरूलाई भन्यौँ, परिवारका धेरै सदस्यले आँसु खसाले।’

गत नोभेम्बरमा लन्डनमा पहिलो विवाह समारोह भएको थियो। ड्रेपकिनका बुबा अस्वस्थ भएका कारण उनी भारतमा हुने विवाहको अर्को चरणका लागि जान सकेनन्। ‘हामी यो रजिस्ट्री समारोह मात्र बनोस् भन्ने चाहँदैनथ्यौ, त्यसैले साथीहरू, परिवार र भाइबहिनीहरूलाई बोलायौँ’ ड्रेपकिनले भने।

भारतमा हुने विवाहको अर्को समारोहका लागि भने उनीहरूले निकै मिहेनत गर्नुपर्‍यो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विवाहका समारोह आयोजना गरिदिने कोही भेटिएनन्। अन्ततः रोयल नट नाम गरेको एउटा विवाहको योजनाकार एजेन्सी सहमत भयो, जसले केरलामा यसअघि अन्य धेरै विवाहहरू गराए पनि यस्तो विवाह समारोह आयोजना गरेको थिएन।

नरिवलका रूखहरू र पृष्ठभूमिमा गोधुली आकाश भएको भेम्बानाड तालमा कुमारकोम लेक रिसोर्ट एकदम सही स्थान थियो। रामास्वामी भन्छन् ‘मेरो लागि यो विवाह केरलाको संस्कृति र परम्परामाथि ध्यान केन्द्रित गर्नका लागि थियो, जुन प्रायः हाम्रै परिवारका सदस्यका लागि पनि विदेशी जस्तो बन्न पुगेको छ।’ विशेष गरी, भारतीय सौर्य पात्रोमा मीनम महिनामा मनाइने वार्षिक उत्सव उल्सावम, विवाह आध्यात्मिक प्रेरणा बनेको थियो।
दुवैले आफूले लगाउने लुगा छाने। रामास्वामी भन्छन्, ‘हामी आरामदायी कटन र लाइनोन लगाएर बस्न चाहन्थ्यौँ।’

तर सङ्गीतको लागि, उनीहरू रङ्गिन चाहन्थे। ‘त्यहाँ भने कुनै प्रतिबन्ध थिएन–अतिथिहरूले व्यवहारिक रूपमा सबै कुराहरू लगाउन सक्थे। केरलाको सडक उत्सवहरूमा एलईडी बत्तीको संरचनाहरूले उनीहरूको सङ्गीत पार्टीमा प्रेरणाको रूपमा काम गर्‍यो।

दम्पतीले हिमाचल प्रदेशको काँगडा क्षेत्रका शाही लघुचित्रहरूको शैलीमा चेरी ब्लसमहरूका साथ प्रस्तुत गरिएका सुकेत धीरको टुक्राहरू छनौट गरे। ‘हामी परम्परागत विवाहको व्याख्या गर्ने एउटा तरिका पत्ता लगाउन चाहन्थ्यौँ तर विषम ढङ्गले होइन। यो अहिले पनि इतिहासमा निहित एउटा समारोह हो र अन्ततः आमाबुबाका लािग केही महत्त्व राख्दछ’ ड्रेपकिन भन्छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.