निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ठमेलमा ब्रिटिस नागरिकको डेडबडी फेला, शव शिक्षण अस्पतालमा

ठमेलमा ब्रिटिस नागरिकको डेडबडी फेला, शव शिक्षण अस्पतालमा

281
SHARES

काठमाडौं : बेलायती नागरिक क्यारम माइकल क्लर्क मृत अवस्थामा फेला परेका छन्। ठमेलको भगवान् बहाल मन्दिर नजिक क्लर्क मृत अवस्थामा फेला परेका हुन्।

मङ्गलवार बिहान मृत अवस्थामा भेटिएका उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको सोह्रखुट्टे प्रहरी वृत्तका प्रहरी निरीक्षक श्याम बस्नेतले जानकारी दिए।

नेपालमा रहेको बेलायती दूतावासको पत्र आए पछि मात्रै ३५ वर्षका क्लर्कको पोस्टमार्टम हुनेछ। बाहिरी चोटपटक केही नदेखिएको प्रहरी निरीक्षक बस्नेतले बताए। ‘बाहिर चोटपटक केही देखिएको छैन,’उनले भने,‘अनुसन्धान जारी छ, पोस्टमार्टमको रिपोर्ट कुरिरहेका छौँ।’

बाहिरी चोटपटक केही नदेखिएकाले उनको हत्या नभएको देखिने प्रहरीले बताएको छ। ‘मन्दिर नजिकै टहरो जस्तोमा मङ्गलवार बिहान ७ः३३ बजे डेडबडी भेटिएको खबर आएपछि मुचुल्का उठाएर पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ,’प्रहरी निरीक्षण बस्नेतले भने,‘शङ्कास्पद जस्तो केही देखिएको छैन।’

उनले ब्रिटिस नागरिक क्लर्कका हत्यामा संलग्न भएर अहिले कसैलाई पक्राउ नगरिएको बताए। एक जना तेस्रो लिङ्गी पक्राउ गरिएको रहेछ नि भन्ने प्रश्नमा उनले भने,‘हत्या भएको जस्तो देखिँदैन, कसरी संलग्न भनेर पक्राउ गर्नु? कसैलाई पक्राउ गरिएको छैन।’

उनले तेस्रो लिङ्गीलाई ब्रिटिस नागरिकको डेडबडी भेटिएकोसँग जोड्न नमिल्ने बताए। ‘उनीहरूलाई अरू नै सन्दर्भमा पक्राउ गरिएको हो,’उनले भने,‘तेस्रो लिङ्गी सहित अरू पनि पक्राउ परेका छन्, उनीहरू लुटपाट, अभद्र व्यवहारको आरोपमा पक्राउ परेका हुन्।’

समाचार शेयर गर्नुहोस्
281
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.