अपराध रोक्ने विकल्प अध्यात्म : मान धर्म सेवा समिति

अपराध रोक्ने विकल्प अध्यात्म : मान धर्म सेवा समिति

142
SHARES

काठमाडौँ : समाजमा बढेको आपराधिक क्रियाकलाप रोक्न अध्यात्म मात्र विकल्प विकल्प रहेको नेपाल मानव धर्म सेवा समितिले दाबी गरेको छ। बुद्ध जयन्तीको अवसरमा आयोजना गरेको सत्सङ्ग कार्यक्रम र बृद्धाहरुलाई सम्मान कार्यक्रममा समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली वाइजीले अपराध रोक्ने विकल्प अध्यात्म मात्र भएको दाबी गरेकी हुन्।

समितिले समाजमा आध्यात्मिक जागरणका लागि जीवन समर्पण गर्नुहुने ललितपुर निवासी ज्येष्ठ नागरिक जगतमाया देसार र हर्षमाया देसारलाई सम्मान गरिएको जनाएको छ।

सत्सङ्ग कार्यक्रममा बुद्धले देशमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा नै शान्तिको सन्देश फैलाएकाले हरदम शान्ति स्थापनाका लागि काम गर्नुपर्ने वाइजीले बताइन। शान्ति स्वयममा आउनुपर्ने बताउँदै उनले पछिल्लो समयमा मानिसहरू भौतिक दुनियाँमा मात्र रुमलिदा डिप्रेसनको सिकार भएको उल्लेख गरिन्।

भगवान् बुद्धले ध्यानको माध्यमबाट आफूले आफूलाई चिनेर निर्वाण प्राप्त गरेका हुनाले बुद्धले देखाएको बाटोमा सबैलाई हिँड्न उनले आग्रह गरिन।

सत्सङ्ग कार्यक्रममा वरिष्ठ महात्मा लता वाईजीले जीवनलाई सफल बनाउन अध्यात्म र भौतिक दुवै पाटोलाई बराबरी अगाडि बढाउनुपर्ने बताइन। उनले भौतिक दुनियाँमा मात्र सफल भएमा मनमा शान्ति आउन नसक्ने र अध्यात्ममा मात्र अगाडि बढेमा सामाजिक जीवन सफल हुन नसक्ने भएकाले दुवै पक्षमा सफल हुनुपर्ने उल्लेख गरिन।

समितिले शान्तिका अग्रदूत भगवान् बुद्धको सम्मान स्वरूप बिहान ललितपुरको बुलु, प्याङगाउँमा शान्ति र्‍याली निकालेर नगर परिक्रममा पनि गरेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
142
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.