निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

109
SHARES

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ उच्चस्तरीय बैठकको उद्घाटन सत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन राष्ट्रपति पौडेल जेनेभा प्रस्थान गरेका हुन्।

राष्ट्रपति पौडेलले बुधवार नै स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन समारोहलाई जेठ ३१ गते सम्बोधन गर्ने कार्यक्रम छ।

राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टिनमेयरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि जेनेभाबाट आगामी असार १ गते जर्मनीको बर्लिनतर्फ प्रस्थान गर्नेछन्। त्यहाँ रहँदा उनले आफ्ना जर्मन समकक्षी स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्नेछन्।

राष्ट्रपति पौडेलका साथ पौडेल पत्नी सविता, परराष्ट्र मामिला विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड, जर्मनीका लागि नेपाली राजदूत लगायत वरिष्ठ अधिकारी सहभागी छन्। राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ।

समाचार शेयर गर्नुहोस्
109
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.