निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महासेनानी वीरेन्द्रकुमार मल्ल बर्खास्त

महासेनानी वीरेन्द्रकुमार मल्ल बर्खास्त

134
SHARES

काठमाडौं : नेपाली सेनाका महासेनानी वीरेन्द्रकुमार मल्ल बर्खास्त भएका छन्। संयुक्त राष्ट्र सङ्घको नेपाली नियोगमा कार्यरत मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको सेनाले जनाएको छ।

मल्लको उमेरसम्बन्धी कागजपत्रमा कैफियत देखिएकाले सेवाबाट अलग गर्ने आदेश सैनिक अदालतले दिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए।

‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो,’प्रवक्ता केसीले भने,‘कागजपत्रमा कैफियत भेटिएकाले सेवाबाट अलग गरिएको हो।’

मल्लले पेस गरेका कागजपत्रमा कैफियत देखिएकाले स्थायी नियोगबाट फिर्ता बोलाएर छानबिन गरिएको केसीले पहिचानलाई जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
134
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.