काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले विद्यार्थीहरूलाई दियो शैक्षिक सामग्री

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले विद्यार्थीहरूलाई दियो शैक्षिक सामग्री

224
SHARES

काभ्रे : काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक रूपमा कमजोर तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको छ।

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलान्चोक जिल्लाको महाभारत, खानीखोला र रोशी गाउँपालिका ९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १३५ जना गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो।

संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रूपमा कमजोर आर्थिक स्थिति भएका विद्यार्थीहरूलाई संस्थाको लोगो अङ्कित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, पेन,पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको जानकारी दिएको छ।

संस्थाले शैक्षिक सामाग्री वितरणका लागि ३ वटै स्थानीय तहबाट छुट्टाछुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेको थियो। प्रत्येक गाउँपालिकाबाट ३/३ ओटा विद्यालय छनोट गरिएको थियो।

छनोटमा परेका प्रत्येक विद्यालयबाट गरिब, जेहनदार, अशक्त तथा अपाङ्गता भएका विद्यार्थीहरू छानिएका थिए। हरेक विद्यार्थी एक झोला, छ कापी, एक क्यालकुलेटर, एक जियोमेट्री बक्स, दुई ड्ट्पेन, दुई पेन्सिल वितरण गरिएको छ।

 

जिल्लाभर शैक्षिक अभियानको रूपमा बिकट गाउँसम्म पुगेर निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका लागि सहयोग र सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस गरेका संस्थाले उल्लेख गरेको छ।

नेपालबाट सामाग्री व्यवस्थापन तथा वितरण कार्यमा अहोरात्र खटेर महत्त्वपूर्ण योगदान पुर्‍याउने हरिकृष्ण श्रेष्ठ, यम श्रेष्ठ, संस्थाका सल्लाहकारद्वय सानु लामा, मनोज मगर तथा कार्यसमिति पदाधिकारीहरू केशवमान लामा, अजय लामा, देवीमाया चौलागाई लगायत सम्पूर्णमा संस्थाले धन्यवाद दिएको छ।

शैक्षिक सामग्री वितरणकै सिलसिलामा सहजीकरण गर्ने, संयोजनकारी भूमिका निभाउने संस्थाका सदस्य दिनेश गौतम, केशवमान लामा लगायत सम्पूर्ण प्रतिनिधिहरूलाई पनि संस्थाले धन्यवाद दिएको छ। संस्थाको सीमित आन्तरिक श्रोत तथा बचत कोषको ब्याज बापत प्राप्त रकम यस अभियानको आर्थिक श्रोतको रूपमा रहेको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.