निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘अन्य’ लैङ्गिक पहिचानमा नागरिकता लिन अझै सङ्घर्ष

‘अन्य’ लैङ्गिक पहिचानमा नागरिकता लिन अझै सङ्घर्ष

155
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले अन्य पहिचानमा नागरिकता लिन अझै सङ्घर्ष गर्नुपरेको पाइएको छ।

नेपाल नागरिकता ऐन २०६३ मा संशोधन गरी पुरुष, महिला र अन्य लैङ्गिक पहिचानमा नागरिकता जारी गर्ने व्यवस्था छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले भने अन्य पहिचानमा नागरिकता पाउन अझै सङ्घर्ष गर्नु परेको साहसी कदम नेपाल रुपन्देहीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सुभाष आले (जोया) लाई अन्य लैङ्गिक पहिचानमा नागरिकता दिएको छ।

साहसी कदम नेपालको पहलमा जोयाले पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता लिन सफल भएकी हुन्। ‘निकै लामो प्रयास अनि सङ्घर्ष पश्चात् आज हाम्री छोरी जोयाले आफ्नो पहिचान अनुसारको नागरिकता पाउन सफल भयकी छन्,’साहसी कदम नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छ।

जिल्ला प्रशासन कार्यालय दाङले पनि अन्य लैङ्गिक पहिचानमा नागरिकता जारी गरेको छ। दाङका बलिभद्र चौधरीले अन्य लैङ्गिक पहिचानमा नागरिकता लिएका छन्। दंगीशरण गाउँपालिकाका चौधरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक हुन्।

समाचार शेयर गर्नुहोस्
155
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.