बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

115
SHARES

काठमाडौं : निजामती सेवाको बागडोर सम्हालेका बहालवाला मुख्य सचिव विरुद्ध पहिलो पटक भ्रष्टाचार मुद्दा दायर भएको छ।

मुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्ति भएको एक वर्षपछि भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका छन्। उनी गत वर्षको जेठ ३२ गते मुख्यसचिवमा नियुक्त भएका थिए।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुख्यसचिव अर्यालसहित ११ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

यो पनि : मुख्यसचिव अर्यालसँग अख्तियारले लियो बयान

स्टिकर प्रकरणमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य र भन्सार विभागका सहसचिव टङ्क प्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

आरोपपत्र दायर भएसँगै मुख्यसचिव अर्यालसहितका बहालवाला कर्मचारीहरू निलम्बनमा परेका छन्। स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ।

स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ हानी नोक्सानी पुर्‍याएको ठहर अख्तियारले गरेको छ। मुख्यसचिव अर्यालसहितबाट थप २० प्रतिशत समेत माग दाबी गरेर मुद्दा दायर भएको प्रवक्ता कार्कीले बताए।

प्रवक्ता कार्कीले सार्वजनिक संस्थाको सम्पत्ति हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको मुद्दामा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको बताए।

समाचार शेयर गर्नुहोस्
115
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.