नटेर्ने मन्त्री फेर्न नसके डेरा सर्न गगनको सुझाव 

नटेर्ने मन्त्री फेर्न नसके डेरा सर्न गगनको सुझाव 

143
SHARES

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सरकारविरुद्ध आक्रामक बनेको छ। काँग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेविरुद्ध खनिएको छ। 

काँग्रेसका दुई महामन्त्रीले प्रतिनिधिसभा बैठकमा प्रचण्ड र लामिछानेको राजीनामा नै माग गरेका छन्। काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न सुझाव दिएको छ भने सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई गृहमन्त्री लामिछानेले भगाएको आरोप लगाएको छ। 

काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै मुख्य जिम्मेवार हुने भएकाले मन्त्री फेर्न नसक्ने भए पदबाट राजीनामा दिन अर्थात् बालुवाटारबाट डेरा सर्न भनेका छन्।  

काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई भगाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘स्टन्टबाजी’ गरेको आरोप लगाए। हाल मलेसियामा रहेका भनिएका राईको लोकेसन पत्ता लागिसकेको भनेर गृहमन्त्रीले भगाउन खोजेको महामन्त्री शर्माले आरोप लगाए।  

महामन्त्री शर्माले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी इन्स्पेक्टर सूर्यबहादुर राना मगरलाई कास्कीबाट सरुवा गरिएकामा आपत्ति समेत जनाए। उनले झुट बोल्नका लागि गृहमन्त्री लामिछानेले संसद्को रोष्ट्रम प्रयोग गरेको आरोप पनि लगाए। 
 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले भने काठमाडौँको घण्टाघरको घडी बन्द भएको जानकारी गराए।  

राष्ट्रिय सभामा मादक पदार्थ सेवन गरेर संसद् बैठकमा सहभागी हुने सांसदलाई ६ महिना निलम्बन गर्नुपर्ने प्रस्ताव गरिएको छ। राष्ट्रियसभा सदस्य जितजङ्ग बस्नेतले संसद्मा मादक पदार्थ सेवन गरेर सहभागी हुने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका हुन्।  

समाचार शेयर गर्नुहोस्
143
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.