"/>

१३ वर्षदेखि बेपत्ता अमन्तिनाथ दाहाल फेला परेको दावी

१३ वर्षदेखि बेपत्ता अमन्तिनाथ दाहाल फेला परेको दावी

काठमाडौं : १३ वर्षअघि घर छोडेर हिँडेका काभ्रे नमोबुद्धका अमन्तिनाथ दाहाल फेला परेको दावी गरिएको छ। दाहाल मकवानपुरको भिमफेदी चकमके जङ्गलमा फेला परेका इलाका प्रहरी कार्यालय भिमफेदीकी प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन। 

ढकालका अनुसार दाहालले आफ्नो कोही नभएको र देउघाटतिर बस्दै आएको बताएका थिए। सोधखोज गर्दा परिवारबारे बताएका दाहाललाई अहिले भिमफेदी प्रहरी कार्यालयमा राखिएको छ।

‘चकमके जङ्गलमा फेला पारेर ल्याएका हौँ,’प्रहरी निरीक्षक ढकालले पहिचानसँग भनिन्,‘परिवारलाई खबर गरिसकेका छौँ,काठमाडौं काँडाघारीबाट परिवार लिन आउने भनेका छन्।’

दाहाल फेला परेको खबर पाएपछि जेठी छोरी अर्चना र माइली प्रतिमा बुबालाई लिन भिमफेदी पुग्दैछन्। ‘बुबा भेटिनु भएको खबर आएपछि हामी अहिले भिमफेदी पुग्न लागेका छौँ,’छोरी अर्चनाले पहिचानसँग भनिन्,‘बुबा भेटिनु भएको खबरले खुसी भएका छौँ।’

अमन्तिनाथ १५ चैत २०६६ मा काभ्रेको बनेपाबाट सम्पर्क विहीन भएका थिए। अमन्तिनाथलाई देखेको, भेटेको बताउनेहरू खोजबिनमा भने गएनन्। छोरा सुमनले दुई वर्ष अघि पूर्वी नेपालको झापासम्म खोजी गरे। तर, बुबालाई भेटेका थिएनन्।

अमन्तिनाथलाई खोज्दाको भिडियो :

फेला परिएका भनिएका अमन्तिनाथ नभएर सहोदर भाइ अमृत भएको पुष्टि भएकाले समाचारमा प्रथम पटक सम्पादन गरिएको छ। सम्पादक

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.