निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

झापामा जङ्गली भाले हात्ती मृत फेला

झापामा जङ्गली भाले हात्ती मृत फेला

160
SHARES

काठमाडौं : झापाको मेचीनगर नगरपालिका धरहरे टोलस्थित सुकेनिन्दा खोला किनारमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ। अन्दाजी ९/१० वर्षको जङ्गली (भाले) हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हात्ती मृत अवस्थामा फेला परेको स्थानीय मानिसहरूले बिहीबार बिहान ०७ः३० बजेको समयमा खबर गरेका थिए। हात्ती मृत फेला परेको स्थानलाई प्रहरी टोलीले सुरक्षित राखेको जनाएको छ।

थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय, भद्रपुर र मेची सब-डिभिजन कार्यालय धाईजनबाट फिल्ड अफिसर कर्ण विश्वकर्मा सहितको टोली पुगेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट विशेषज्ञको टोली घटनास्थलमा पुगेर थप पोस्टमार्टम तथा अन्य अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
160
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.