निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लगातारको वर्षा : उद्धारमा खटियो सशस्त्र प्रहरी, गृहमा आपतकालिन बैठक

लगातारको वर्षा : उद्धारमा खटियो सशस्त्र प्रहरी, गृहमा आपतकालिन बैठक

199
SHARES

काठमाडौं : लगातारको वर्षाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खोला नालामा पानीको बहाव बढी रहेको छ। हाल सम्म मानवीय तथा भौतिक क्षति नभइसकेको तथा हुन सक्ने परिस्थितिलाई मध्यनजर राखी उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

काठमाडौँ उपत्यकाका युनिटहरूबाट टोलीहरू परिचालन भएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद उद्धार उपत्यका गणबाट सप्रउ पूर्ण बहादुर साउदको ओभरअल कमान्डमा टोलीहरू परिचालन भएको उनले बताए।

यु.एन पार्क, शंखमुल इलाका, पेप्सीकोला मनोहरा खोला करिडोर, धोबिखोला बागमती खोला करिडोर, गोकर्णश्वर माकल, बल्खु एरिया, विष्णुमती एरिया, थापाथली एरिया, जडीबुटी मनोहरा खोला एरिया, पशुपति क्षेत्र इलाकामा गरी ३०० बढी फौज खटिएको सह-प्रवक्ता थापाले जानकारी दिए।

निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र व्यवस्थापनबारे छलफल गर्न गृह मन्त्रालयमा भने आपतकालिन बैठक बसेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले मन्त्रालयमा आपतकालिन बैठक जारी रहेको जानकारी दिएको छ।

पछिल्लो अपडेट : आपतकालिन बैठकका निर्णय

समाचार शेयर गर्नुहोस्
199
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.