निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाली पात्रोले पुरा गर्‍यो गुगल प्लेस्टोरमा १ करोड डाउनलोड

नेपाली पात्रोले पुरा गर्‍यो गुगल प्लेस्टोरमा १ करोड डाउनलोड

240
SHARES

काठमाडौं : नेपालको पहिलो विक्रम सम्बतमा आधारित चर्चित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा भएको छ।

नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव र पर्वहरू, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको पहिलो डिजिटल पात्रो हो।

नेपाली पात्रोमामा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरू समावेश छन्। साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिन्छ।

नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष् कार्की जानकारी दिए।

विनिमयदर, सुनचाँदीको मूल्य सूची, तरकारीको बजार भाउ, आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या पनि उल्लेख्य छ।

दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या १ करोड माथि रहेको छ। नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ। सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडिओमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ।

यसको लागि नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ।

नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्युजपोर्टल र ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन्। नेपाली पात्रो नेपालको सबभन्दा धेरै सञ्चार नेटवर्क भएको नेपाली एप्लिकेसन हो। हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्यूसन नेटवर्क NetTV मा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ।

समाचार शेयर गर्नुहोस्
240
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.