कुमारी बैङ्कमा किर्ते गरेर ऋण लिनेलाई जेल सजाय

कुमारी बैङ्कमा किर्ते गरेर ऋण लिनेलाई जेल सजाय

काठमाडौं : कुमारी बैङ्कमा अर्कैको जग्गा धितो राखेर ऋण लिने ८ जना दोषी ठहर भएका छन्। गायक योगेश्वर अमात्यको जग्गा धितो किर्ते गरेर कुमारी बैङ्कबाट ऋण लिएको आरोप लागेका ८ जना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन्।

उनीहरूलाई एक वर्षदेखि ४ वर्षसम्म कैद सजाय भएको छ। विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २ जनालाई जनही ४ वर्ष, २ जनालाई जनही २ वर्ष र ४ जनालाई १/१ वर्ष जेल सजाय सुनाएको हो।

बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेसमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४/४ वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको छ। मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २/२ वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ।

रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १/१ वर्ष कैद र जनही ३ करोड ८० लाख रुपैयाँ जरिवाना सुनाइएको छ। उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.