निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गुरु पूर्णिमामा आध्यात्मिक जागरणको चर्चा

गुरु पूर्णिमामा आध्यात्मिक जागरणको चर्चा

128
SHARES

काठमाडौं : नेपाल मानव धर्म सेवा समितिले व्यास जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा दुई दिवसीय कार्यक्रम सम्पन्न गरेको छ।

समितिको केन्द्रीय कार्यालय गौशालामा भएको कार्यक्रममा केन्द्र प्रमुख महात्मा चमेली वाइजीले मानव जीवनमा गुरुको महत्वको बारेका चर्चा गरिन्। उनले भौतिक जीवन सफल बनाउन अनेक गुरुहरूको आवश्यकता परेजस्तै आध्यात्मिक जीवनका लागि पनि गुरुको आवश्यकता पर्ने बताइन। गुरुको सेवा गर्नु भनेको भगवानलाई पाउन सरह भएको चर्चा गर्दै उनले सबैलाई अध्यात्ममा लाग्न प्रेरणा दिइन।

कार्यक्रमका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलन कुमार थापाले अहिलेको युवा पुस्ता सकारात्मक कुरालाई छाड्दै नकारात्मकतातिर अघि बढिरहेकोमा दुख व्यक्त गरे। ‘कलेज जान हिँडेका युवाहरू अहिले दुर्व्यसनीमा फसिरहेका छन्,’उनले भने,’उनीहरूलाई सही बाटोमा ल्याउने एउटै मात्र उपाय अध्यात्म हो।’

त्यसैले सानै उमेर देखि नै अध्यात्म जागरण जगाउनु पर्ने र यसका लागि परिवारले नै बालबालिकाबाट आश्रममा ल्याउनुपर्ने उनको सुझाव छ।

कार्यक्रममा मानव धर्म समितिकी वरिष्ठ प्रमुख महात्मा लता वाइजी, त्रिगुणा वाइजी र जगदम्बा वाइजीले गुरुको महत्वको बारेमा प्रकाश पारे। यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर ९ का सदस्य टेकराज अधिकारीले अहिलेको अवस्थामा आध्यात्मिक जागरण अति नै आवश्यक रहेकाले कुनै न कुनै रूपमा अध्यात्ममा लाग्नै पर्नेमा जोड दिए।

गुरु पूजाकै अवसर पारेर समितिले यो वर्ष एसइई उत्तीर्ण गर्ने १७ जना विद्यार्थीलाई सम्मान गरेको थियो। दुई दिवसीय कार्यक्रममा भक्ति सङ्गीतका कलाकार तथा बाल सभाका साना साना नानी बाबुहरूले गुरुको महत्वको बारेका नाटक तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।

समाचार शेयर गर्नुहोस्
128
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.