निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्लोबल आइएमई बैङ्क लिमिटेडले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

ग्लोबल आइएमई बैङ्क लिमिटेडले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

147
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। उक्त ऋणपत्र बिक्रीको लागि ग्लोबल आइएमई बैङ्कले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बैङ्कले वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने ‘ग्लोबल आइएमई बैङ्क ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो। बैङ्कले प्रति कित्ता १ हजार रुपैयाँको दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो।

जारी युनिटको ४० प्रतिशत अर्थात् २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् २ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने छ। १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो। बैङ्कका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैङ्किङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्।

बैङ्कले नेपाली नागरिकलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
147
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.